Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

10/24/2026, 3:34:24 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्सा प्रहरीद्वारा नक्कली घुमुवा पक्राउ

तस्करहरुबाट पर्साको सिमावर्ती क्षेत्रमा असुली गरिरहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पश्चिमी सीमावर्ती ग्रमिण भेगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको घुमुवा बताउँदै तस्करहरुबाट अवैद्य रकम असुली गरेको आरोपमा अशोक वर्णवाल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ५, सतवरिया निवासी वर्णवालललाई ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक चक्रबहादुर मल्लले बताए । पक्राउ परेका वर्णवाललाई हाल ईलाका प्रहरी कार्यालय पोखरियामा राखेर सोधपुछ भइरहेको छ । अमरपट्टी, प्रसौनीभाठा, धोरे, सबैठवा, भिस्वा, टिहुकी, भेडिहर्वा, मिर्जापुर, असवारी र जानकीटोलालगायत पश्चिमी सीमावर्ती क्षेत्रमा घुमुवा भनेर सर्वसाधारण र व्यापारीलाई धम्क्याएर रकम असुल्ने गरेको उनीमाथि आरोप छ । वर्णवाल प्रायः मास्क लगाएर सिमावर्ती क्षेत्रको असुलिमा सक्रिय रहेको बताइन्छ । भारतबाट घरायसी प्रयोजनका लागि सानातिना सामान ल्याउने सर्वसाधारण समेतलाई घुमुवा बताउँदै रकम माग्ने, रकम नदिए सामान पक्राउ गराइदिने प्रहरीमा उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो । वर्णवालको सहयोगीको रुपमा काम गरेको आशंकामा पोखरिया नगरपालिका–५, सतवरियाकै दीपक यादवलाई ईलाका प्रहरी कार्यालय पोखरियामा बोलाएर सोधपुछ गरिएको छ । प्रहरी स्रोतका अनुसार वर्णवाल स्थानीय सशस्त्र प्रहरीका सीमा सुरक्षा पोस्ट (बीओपी) सम्म पुग्ने र माथिल्लो तहका अधिकारीहरूसँग आफ्नो निकट सम्बन्ध रहेको बताउने गरेका थिए । वर्णवाल पहिला तस्करीमा संलग्न रहेको र सुरक्षा निकायलाई सूचना दिने व्यक्तिका रूपमा परिचित हुँदै सशस्त्र प्रहरीको गणदेखि बाहिनी तहसम्म आफ्नो पहुँच रहेको देखाउने गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ : माधव नेपाल
OthersJust now

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ : माधव नेपाल

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरूलाईलाई उक्त चुनौती दिएका हुन् । मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने… ...

अनलाइन खबर
नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै
OthersJust now

नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष ...

पर्दाफास
मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए
OthersJust now

मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिए

७ कात्तिक, काठमाडौं । मोरङ, सर्लाही, बर्दिया र डोटीमा ४ व्यक्ति मृत भेटिएका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, मोरङको पथरी शनिश्चरे नगरपालिका–८ स्थित डाँस खोलामा सोही ठाउँ बस्ने ७७ वर्षीय कृष्णा माझी शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, सर्लाहीको बलरा नगरपालिका–८ गडहिया बजारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी… ...

अनलाइन खबर
एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड
OthersJust now

एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल एकता सम्भव छैन : प्रचण्ड

७ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भएपनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play