Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

10/24/2026, 4:40:00 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपाको डेढ महिने ‘राष्ट्रिय जागरण अभियान’ सुरु, आत्मसमीक्षासहित गाउँ पस्दै

नेपाली कम्युनिष्ट पार्टीले विद्यमान राजनीतिक, आर्थिक तथा सामाजिक संकट, बढ्दो महँगी र जनजीविकाका सवालहरूलाई सम्बोधन गर्न देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडाबाट शनिवारदेखि मङ्सिर २५ गतेसम्मका लागि डेढ महिने देशव्यापी ‘राष्ट्रिय जागरण अभियान’ शुरु गरेको हो । कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्व गाउँ, वडा र बस्ती तहसम्म पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने औपचारिक घोषणा गरे । वर्तमान दुईतिहाइ समर्थित सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसक्दा सर्वसाधारणमा निराशा र अन्योल बढेको आरोप उनको छ । बढ्दो महँगी, बेरोजगारी, युवा पलायन र किसान तथा व्यवसायीका समस्याले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै पार्टीले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि हस्तक्षेप भइरहेको दाबी गरेको छ । साथै, लामो संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी संविधानमाथि भूराजनीतिक चलखेल तथा आन्तरिक कारणले जोखिम बढेको औंल्याइएको छ । यसपटक पार्टीले विगतका कमजोरीप्रति खुला आत्मसमीक्षा समेत गरेको संयोजक दाहालले बताए । कम्युनिष्ट आन्दोलन श्रमजीवी, किसान र उत्पीडित वर्गसँग टाढिँदै गएको तथा ‘जनमुखीभन्दा नेतामुखी र गाउँमुखीभन्दा केन्द्रमुखी’ बन्दै गएको यथार्थलाई स्वीकार गर्दै नेताहरूले जनताको विश्वास पुनः आर्जन गर्न कार्यशैली बदल्नुपर्ने निष्कर्ष पार्टीको छ । अभियानका क्रममा केन्द्रिय नेताहरूकै कमाण्डमा टोल–टोल पुगेर महँगी, कालोबजारी, भ्रष्टाचार र प्रशासनिक ढिलासुस्तीबारे जनताका गुनासा संकलन गरिने दाहालले बताए । ती समस्या समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष मागपत्र तथा ज्ञापन पत्र पेश गरिनेछ । यसका साथै सदस्यता नवीकरण र सांगठनिक सुदृढीकरणका काम पनि सोही अवधिमा अघि बढाइने कार्यतालिका छ । हालै देशका विभिन्न भूभागमा आएको बाढीपहिरो तथा रसुवाको भोटेकोशी विपद्का बेला राज्य संयन्त्रले नागरिकको खोज, उद्धार र राहतमा प्रभावकारी तदारुकता देखाउन नसकेको भन्दै पार्टीले आपत्ति जनाएको छ । मित्रराष्ट्रबाट प्राप्त हुनसक्ने प्राविधिक सहयोग समयमै सदुपयोग नगरिँदा थप क्षति भएको उल्लेख गर्दै प्रभावितहरूको सुरक्षित पुन:स्थापना र क्षतिग्रस्त पूर्वाधारको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

देशको स्वाभिमानमा आँच आए टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल
OthersJust now

देशको स्वाभिमानमा आँच आए टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्‍याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन् । उनले राष्ट्रियताबारे जनचेतना र जागरण अभिवृद्धि गर्न पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको बताए । राष्ट्रियता, संविधानको ...

पर्दाफास
माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ
OthersJust now

माधव नेपालको चुनौती- पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छ

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् । अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भन्नेहरुलाईलाई उक्त चुनौती दिएका हुन् । उनले मनोगत ढङ्गले आरोप लगाएर मात्रै नहुने बताए। तथ्यले पुष्टी भएमा केही गर्न नसकेको स्वीकार गर्न आफूहरु तयार रहेको उनको ...

पर्दाफास
धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)
OthersJust now

धानको बाला झुल्यो खेतैमा… (तस्वीरहरू)

किसानको मिहेनत धानको बालामा लहलहै देखिन्छ । तिहार अगाडीनै धान काट्ने धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यहिबेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ । ...

अनलाइन खबर
एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ
OthersJust now

एमालेसँग मिल्ने कि नमिल्ने ? प्रचण्डले दिए यस्तो जवाफ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)सँग राष्ट्रिय मुद्दामा सहकार्य हुन सक्ने भए पनि तत्काल पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । शनिबार काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो पार्टी र एमालेको राजनीतिक दृष्टिकोण तथा कार्यशैली फरक रहेको बताएका हुन् । उनले आफ्नो पार्टी भ्रष्टाचारविरुद्ध उभिएको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play