पत्रकार पक्राउको घटनामा प्रधानमन्त्री सचिवालयको कुनै संलग्नता छैन :प्रधानमन्त्री प्रेस

<p>काठमाडौं । पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री बालेन शाहको सचिवालयको कुनै पनि किसिमको संलग्नता नरहेको दाबी गरिएको छ ।प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै पत्रकार पक्राउ गर्ने घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि प्रकारको संलग्नता नरहेको बताएकी छन् ।<p>उनले उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत नरहेको उल्लेख गरेकी छन् । घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको पनि दाहालले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने
१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ। सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्। यसमा श्रवणशक्ति कमजोर… ...

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन
महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर ...

थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ 'कस्टम लाइक' फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले 'लाइक' गर्दा देखिने गरी व्यक्तिगत तस्बिर, स्टिकर, इमोजी वा एनिमेसन (जीआईएफ) जोडन सक्नेछन्। यो नयाँ सुविधा अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा निश्चित एनिमेसन वा ग्राफिक्स सेभ गरेर राख्न सक्नेछन्। जब कुनै अर्को प्रयोगकर्ताले… ...

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल
द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था पुनः लागु गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन्। ...


