Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

11/1/2026, 10:24:24 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउने संरचना तयार भए पनि भारतीय पक्षले टनकपुरबाट नहरमा पानी नछाड्दा नहर निर्माण भएको वर्षौँ बितिसक्दा पनि पानी सञ्चालन हुनसकेको छैन । महाकाली सिँचाइ आयोजना तेस्रो चरणका आयोजना निर्देशक गणेश मरासिनीले भारतले टनकपुरबाट नहरमा पानी न छोड्दा नहर बने पनि यहाँका किसानले सिँचाइ सुविधा पाउन नसकेको बताए । ‘निर्माण सम्पन्न भएको नहरमा चार वर्षअघि नै परीक्षणसमेत भइसकेको हो, त्यसपछि भारतीय पक्षले नहरमा पानी छोडेको छैन’, उनले भने, ‘पाँच हजार हेक्टरमा सिँचाइ उपलब्ध गराउने संरचना तयारी अवस्थामा छन् ।’ चार वर्षअघि उक्त नहर परीक्षणका क्रममा टनकपुरबाट आएको पानीले धान दिवससमेत मनाइएको थियो । त्यसपछि भने नहरमा पानी आउन सकेको छैन । निर्देशक मरासिनीले टनकपुरबाट पानी छोड्नका लागि थुप्रै प्रयास भए पनि नेसनल हाइड्रोपावर कर्पोरेसन (एनएचपीसी)ले पानी छोड्न नमानेको बताए । ‘यसका लागि माथिल्लो निकायबाट पहल हुन जरुरी छ, हामीले पटकपटक पहल गरिरहेका छौँ’, आयोजना निर्देशक मरासिनीले भने, ‘यस विषयमा माथिल्लो निकायमा जानकारी गराइसकेका छौँ ।’ टनकपुरस्थित एनएचपीसीका कर्मचारीले दिल्लीको आदेश आउनेबित्तिकै पानी छोड्छौँ भन्ने जवाफ आयोजना कार्यालयलाई दिने गरेका छन् । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उक्त आयोजनाको उद्घाटन गरेपछि मात्रै नहरमा पानी आउने अवस्था बनेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा यस विषयले प्राथमिकता पाउनसके नेपालले महाकाली सन्धिअनुसार महाकाली नदीबाट पानी पाउने अपेक्षा गरिएको छ । ‘माथिल्लो निकायबाट कूटनीतिक पहल भए नहरमा पानी सञ्चालन हुनेमा हामी आशावादी छौँ’, आयोजना निर्देशक मरासिनीले भने, ‘केही दिनअघिमात्रै दुवै देशका अधिकारीबीच यस विषयमा काठमाडौँमा छलफल भएको छ ।’ उनले मन्त्रालय र भारतीय पक्षले मागेका सूचनासमेत उपलब्ध गराएको बताउँदै नहरमा छिट्टै पानी सञ्चालन हुनेमा आशावादी रहेको बताए । महाकाली सन्धि सम्झौताअनुसार भारतीय पक्षले टनकपुरबाट नेपालको सीमासम्म निर्माण गर्नुपर्ने एक हजार २०० मिटर नहर निर्माण सम्पन्न गरिसकेको छ । सन्धि सम्झौताअनुसार टनकपुर ब्यारेजबाट हिउँदमा ३०० क्यूसेक र वर्षात्मा एक हजार क्यूसेक पानी नेपालले पाउनुपर्ने उल्लेख छ । आव २०६३–६४ देखि सुरु भएको महाकाली सिँचाइ तेस्रो चरणको आयोजनाका लागि सुरुआतदेखि नै पर्याप्त बजेट नहुँदा निर्माणकार्यले गति लिन सकेनको थिएन । सरकारले आव २०७६–७७ मा राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेपछि निर्माणले गति लिएको थियो । लक्ष्यअनुसार मूल नहरसहित १५१ किलोमिटर नहर निर्माण भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । आयोजनाका अनुसार हालसम्म १० अर्ब ७४ करोड बजेट खर्च भइसकेको छ । चालु आवमा पनि आयोजनाका लागि करिब दुई अर्ब बजेट विनियोजन भएको छ । महाकाली सिँचाइ तेस्रो चरणको काम सम्पन्न भए कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा
OthersJust now

विद्यालयको जग्गा सशस्त्र प्रहरीलाई दिने मन्त्रिपरिषद्को निर्णय विवादमा

१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङस्थित पूर्णामृत भवानी माध्यमिक विद्यालयको जग्गा सशस्त्र प्रहरी बललाई उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय विवादमा परेको छ । विद्यालयको सहमतिबिनै जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको भन्दै विद्यालयले विरोध जनाएको छ । गत असोज १९ गतेको मन्त्रिपरिषद् बैठकले वालिङ नगरपालिका–८ मा विद्यालयको स्वामित्वमा रहेको कित्ता नम्बर ४८२ को २९ रोपनी ५ आना… ...

अनलाइन खबर
गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ
OthersJust now

गोरखाका समस्या समाधान गर्ने गरी काम गर्छु : गृहमन्त्री गुरुङ

१५ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् । गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका… ...

अनलाइन खबर
अम्बे स्टिलमा आगलागी, ८ जना घाइते
OthersJust now

अम्बे स्टिलमा आगलागी, ८ जना घाइते

१५ कात्तिक, काठमाडौं । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टी (प्रतिभट्टी २५ टन क्षमताको) मा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो । प्रहरीका अनुसार आगलागीमा परी घाइते हुनेमा बाँकेका ५ जना र भारतको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play