पत्रकार पक्राउ र धरपकड बन्द गर्न सरकारसँग गगन थापाको माग

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्र रिहा गर्ने प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै थापाले सरकारलाई कानुनविपरीत पक्राउ र अनावश्यक धरपकड बन्द गर्न माग गरेका छन्। समाचार कक्षमै प्रहरी पठाएर पत्रकारलाई नियन्त्रणमा लिने शैलीले शाही कालको निरङ्कुशताको झल्को दिएको थापाको भनाइ छ। उनले विगतमा पनि शासकहरूले सत्ता र शक्तिको दुरुपयोग गर्दै सञ्चार क्षेत्रमाथि प्रहार गरेका घटनाहरू स्मरण गर्दै यस्ता प्रवृत्ति लोकतन्त्रका लागि चिन्ताजनक भएको बताए। थापाले भने, ‘नेपाली कांग्रेस स्थापनाकालदेखि नै प्रेस स्वतन्त्रता, नागरिक अधिकार र कानुनको शासनको रक्षाका निम्ति निरन्तर लड्दै आएको पार्टी हो। नेपाली कांग्रेस सधैँ यस्ता निरङ्कुश र स्वेच्छाचारी कदमहरूको बिरुद्ध उभिँदै आएको छ र अनवरत उभिने छ।’ उनले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको बताउँदै कुनै त्रुटि भएमा त्यसको निरूपणका लागि प्रेस काउन्सिल लगायतका कानुनी प्रक्रियाहरू विद्यमान रहेको उल्लेख गरे। उनले भने, ‘ती प्रक्रियालाई पूर्णतः बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनलाई लत्याएर कानुनलाई शासनको औजार बनाउने प्रवृत्तितर्फ उन्मुख हुनु हो। सञ्चारमाध्यम र पत्रकारमाथि गरिएको यो दमनकारी कदम अत्यन्तै निन्दनीय र घोर आपत्तिजनक छ।’ कांग्रेसले सरकारसँग नियन्त्रणमा लिइएका व्यक्तिहरूको संवैधानिक अधिकारको रक्षा गर्न र कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिएका यस्ता दमनकारी कदम तत्काल सच्याउन जोडदार माग गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

डोल्पा कारागारबाट सुरुङ खनेर ८ जना कैदी फरार
काठमाण्डु – डोल्पा सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी सुरुङ खनेर फरार भएका छन् । कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । गएराति उनीहरू सुरुङ खनेर भागेको जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीले जानकारी दिए । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी गिरीसहितको टोली कारागार पुगेको छ […] ...

एनपीएल भइरहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न
काठमाडौँ । नेपाल प्रिमियर लिग भइरहेको त्रिवि क्रिकेट मैदान जलमग्न भएको छ । निरन्तरको वर्षापछि मैदान जलमग्न भएको हो । जसकारण आज हुन लागेको लुम्बिनी लायन्स र चितवन राइनोज तथा सुदूरपश्चिम... ...

'मिडिया धरपकड प्रकरण' छानबिन गर्न सरकारसँग विशेष माग गर्छु : प्रकाशचन्द्र परियार
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचारका विषयमा समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भर्त्सना गरेका छन्। शुक्रबार साँझको घटनाविरुद्ध विज्ञप्ति जारी गरी रास्वपा सचेतक परियारले राज्यको शक्तिशाली संगठन प्रहरीको शैली 'पुलिस स्टेट' उ... ...

बृहत् ग्रन्थ मुकुन्डोनाच
वीणा जोशी (राजभण्डारी) को पाँच दशकको निरन्तर साधना र मेहनतले विसं २०८२ मा प्रकाशित बृहत् ग्रन्थ हो– ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ । एक हजार चार सय पृष्ठको यो ग्रन्थ जोशीको... ...


