पत्रकार पक्राउ प्रकरणमा गृहमन्त्रालयविरुद्ध खनिए कांग्रेस नेता सचिन तिमल्सेना, भने अल्गोरिदमले पालेको अराजकताले हद नाघ्यो

काठमाडौं । नेपाली कांग्रेसका नेता सचिन तिमल्सेनाले पत्रकार पक्राउ प्रकरणलाई लिएर गृहमन्त्रालय र सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले प्रहरीको गतिविधिप्रति गृहमन्त्री नै जिम्मेवार हुनुपर्ने बताएका हुन्।
शुक्रबार काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकारहरूलाई नियन्त्रणमा लिएको तथा अन्य पत्रकारको खोजी गरेको समाचार सार्वजनिक भएपछि तिमल्सेनाले सरकारको आलोचना गरेका हुन्।

उनले प्रहरी गृहमन्त्रालयअन्तर्गत रहने भएकाले पत्रकार पक्राउको विषयमा गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘प्रहरी गृहमन्त्रालयअन्तर्गत आउने होइन? हो भने पक्राउको जिम्मेवार गृहमन्त्री हो। हामीलाई कसले पक्राउ गर्न लगायो थाहा छैन भन्ने प्रधानमन्त्रीले पहिले गृहमन्त्रीलाई केरकार गरून्।’

तिमल्सेनाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालको प्रभाव र पछिल्लो राजनीतिक गतिविधिमाथि समेत कटाक्ष गरेका छन्।

उनले थप लेखेका छन्, ‘Algorithm ले पालेको यो अराजकताले हद नाघ्यो!’उनको अभिव्यक्तिले पत्रकार पक्राउ प्रकरणमा सरकार र गृहमन्त्रालयको जवाफदेहिताको प्रश्न उठाएको छ। प्रहरी परिचालन तथा पत्रकारलाई नियन्त्रणमा लिने निर्णय कसको निर्देशनमा भएको हो भन्ने विषय स्पष्ट हुनुपर्ने उनको आशय छ।

शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, डिएनए खबरका प्रधान सम्पादक धिरज बस्नेत र मोटिभेट न्युजका प्रधान सम्पादक शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको विवरण सार्वजनिक भएको थियो। सुवेदी भने केही घण्टापछि रिहा भएका छन्।

यसैबीच विभिन्न पत्रकार संगठन तथा राजनीतिक दलका नेताहरूले पत्रकार पक्राउ र सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका छन्।

पत्रकार पक्राउको कानुनी आधार र प्रहरीको गतिविधिबारे स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने माग उठिरहेका बेला कांग्रेस नेता तिमल्सेनाले प्रधानमन्त्रीलाई नै गृहमन्त्रीसँग जवाफ माग्न सुझाव दिएका हुन्।

तिमल्सेनाको अभिव्यक्तिप्रति गृहमन्त्रालय वा सरकारको औपचारिक प्रतिक्रिया भने प्राप्त भएको छैन।

Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

सिड्नी मेट्रोका कर्मचारीले नेपाली भाषामा पनि यात्रुलाई सहायता गर्ने
१५ कात्तिक, सिड्नी । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा सञ्चालित सिड्नी मेट्रोले विभिन्न भाषिक पृष्ठभूमिका यात्रुलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। अब मेट्रोका कर्मचारीको पोसाकमै उनीहरूले बोल्ने भाषाको पहिचान चिह्न (ब्याज) राखिनेछ। सिड्नी मेट्रोका अनुसार, यात्रुको सुविधाका लागि कर्मचारीहरूले नेपाली, पञ्जाबी, ग्रीक र स्पेनीलगायत ११ वटा भाषाका चिह्न लगाउनेछन्। यसमा श्रवणशक्ति कमजोर… ...

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन
महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधाका उपलब्ध गराउने संरचना तयार छन् । आयोजनाको ब्रह्मदेवदेखि शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण भएको वर्षौँ भइसक्यो । मूल नहर निमाण भएको क्षेत्रमा किसानको खेतसम्म पानी पुर्याउन १४ वटा शाखा नहर निर्माण सम्पन्न भइसकेका छन् भने आठ शाखा नहर निर्माणको अन्तिम चरणमा छन् । उक्त क्षेत्रमा पाँच हजार हेक्टर ...

थ्रेड्समा ‘कस्टम लाइक’ बटनको परीक्षण, प्रयोगकर्ताले आफ्नै तस्वीर वा एनिमेसन थप्न पाउने
मेटाको सामाजिक सञ्जाल थ्रेड्सले प्रयोगकर्ताहरूका लागि एउटा नयाँ 'कस्टम लाइक' फिचरको परीक्षण सुरु गरेको छ। यस फिचरमार्फत प्रयोगकर्ताहरूले आफ्ना पोस्टहरूमा अरू कसैले 'लाइक' गर्दा देखिने गरी व्यक्तिगत तस्बिर, स्टिकर, इमोजी वा एनिमेसन (जीआईएफ) जोडन सक्नेछन्। यो नयाँ सुविधा अन्तर्गत प्रयोगकर्ताले आफ्नो प्रोफाइलमा एउटा निश्चित एनिमेसन वा ग्राफिक्स सेभ गरेर राख्न सक्नेछन्। जब कुनै अर्को प्रयोगकर्ताले… ...

इजरायलमा प्रधानमन्त्री प्रत्यक्ष चुन्ने प्रस्तावमाथि छलफल
द टाइम्स अफ इजरायलका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरोधी दलहरू मतदाताले सांसद र राजनीतिक दललाई मात्र नभई प्रधानमन्त्री पदका उम्मेदवारलाई पनि छुट्टै मत दिने व्यवस्था पुनः लागु गर्न सकिन्छ कि भनेर छलफल गरिरहेका छन्। ...