पत्रकार किशोर श्रेष्ठ र हिमेश पन्तलाई सँगै राखेर छलफल गराउँदै साइबर ब्युरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कलाकार हिमेश पन्तलाई बोलाएको छ। जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठविरुद्ध ब्युरोमा ठाडो उजुरी दिएपछि पन्तलाई पनि बोलाइएको हो। प्रहरीको टोलीले पत्रकार श्रेष्ठलाई नख्खुस्थित निवासबाट नियन्त्रणमा लिएर साइबर ब्युरो पुर्याएको छ। ब्युरो स्रोतका अनुसार पन्त पनि छलफलका लागि साइबर ब्युरेतर्फ प्रस्थान गरिसकेका छन्। समाचारको विषयलाई लिएर पन्तले हिजो श्रेष्ठविरुद्ध साइबर ब्युरोमा निवेदन दिएका थिए। श्रेष्ठले पनि पन्तविरुद्ध निवेदन दिएको जनाइएको छ। दुवै पक्षबाट निवेदन परेपछि उनीहरूलाई सँगै राखेर छलफल गराउन लागिएको ब्युरो स्रोतले जनाएको छ। पत्रकार श्रेष्ठ यसअघि साउन २७ गते काठमाडौं प्रहरी परिसरबाट पक्राउ परेका थिए। त्यसबेला प्रहरीले उनको निवासमा खानतलासी गरी ल्यापटप, कम्प्युटरलगायत विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो। तर, बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले श्रेष्ठलाई थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारी गरेको थियो। त्यसपछि उनी भदौ १ गते हिरासतबाट मुक्त भएका थिए।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

थपिए एक लाख ८७ हजार मतदाता
गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । ...

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...


