Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। उनीहरूलाई उद्धार गरी उपचारका लागि नलगाड नगर अस्पताल दल्ली लगिएको थियो। उपचारका क्रममा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ। चिकित्सकले उनीहरूलाई दिउँसो १२ः२० बजे मृत घोषणा गरेका थिए। दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार प्रेम र गोपालको टाउकोमा चोट लागेको छ भने चालक करणको शरीरको भित्री भागमा चोट लागेको छ। तीनै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना
ताजा खबरJust now

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर... ...

रातोपाटी
राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास
ताजा खबरJust now

राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले लिए सन्न्यास

राष्ट्रिय टोलीबाट ४४ क्याप जित्दै ९ गोल गरेका विमलले चोट र नियमित प्रतियोगिता नहुँदा २९ वर्षकै उमेरमा बुट थन्क्याउने निर्णय लिएका हुन् । ...

कान्तिपुर
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
ताजा खबरJust now

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई... ...

रातोपाटी
कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ
ताजा खबरJust now

कांग्रेस सभापतिमा निर्वाचित थापाले लिए शपथ

काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले शपथ ग्रहण गरेका छन्। असोज ३१ गते सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहणसँगै थापाले आजै पदबहाली पनि गरेका छन्। बडादसैँको फूलपातीको अवसर पारेर उनले आफ्नो कार्यभार सम्हालेका हुन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सबै मत गणना भई अन्तिम परिणाम ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play