पत्रकार किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा, साइबर ब्यूरो लगियो

काठमाडौं । प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै पक्राउ गरेको छ। श्रेष्ठ दोस्रोपटक पक्राउ परेका हुन्। श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी प्रहरीले दिएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए। पन्तको परिवारले जग्गा कब्जा गरेको सम्बन्धमा प्रकाशित समाचारपछि श्रेष्ठविरुद्ध जाहेरी परेको थियो। यद्यपि, श्रेष्ठलाई उक्त जाहेरीका आधारमा पक्राउ गरिएको हो वा अन्य कुनै जाहेरीका आधारमा भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती
काठमाडौँ, असोज ३१ गते । बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारबाट पठाइएको फूलपाती हनुमानढोका दरबारस्थित दसैँघरमा भित्र्याइएको छ । परम्परागत विधिअनुसार पूजाअर्चना गरी गोरखाबाट पठाइए... ...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका
दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको निरन्तर पहलपछि चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो। निर्णयअनुसार अक्टोबर १८ देखि २० (कात्तिक १–३) सम्म तीन दिन त... ...

थपिए एक लाख ८७ हजार मतदाता
गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । ...

भेरी करिडोरमा अटो दुर्घटना : दुईको मृत्यु, तीन जना गम्भीर घाइते
जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–८ मालुस्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार बिहान करिब ११ः१५ बजे दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीदेखि जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको ...


