Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

पटका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पटका पड्काउने क्रममा ८ वर्षीय बालकको मृत्यु
Photo / Coverage: टक्सार

काठमाडौँ । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन्। प्राप्त विवरणअनुसार आज बिहान करिब ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा पटकाबाट निस्किएको छर्रा बालकको छातीको बीच भागमा लागेको थियो। छर्रा लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका लागि पुर्‍याइएका बालकलाई चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने
Latest NewsJust now

पोखराले टस जित्यो, कर्णालीले पहिला बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । पोखराले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै कर्णाली याक्सले पहिला बलिङ गर्ने भएको छ । जारी प्रतियोगितामा कर्णाली याक्सले ४ खेलमा २ जित र २ हारसहित ४ अंक हासिल गरेको छ भने पोखरा एभेन्जर्सले अहिलेसम्म खेलेका चारै खेलमा हार बेहोरेको छ । The ...

कर्पोरट खबर
लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना
Latest NewsJust now

लमजुङमा शाहवंश भित्र्याउने खजे दुराको शालिक पुनःस्थापना

घले शासन अन्त्य गरी यशोब्रह्म शाहलाई लमजुङको राजगद्दीमा पुर्‍याउन भूमिका खेलेका दुराको स्मृतिमा नयाँ शालिक स्थापना गरिएको हो । ...

कान्तिपुर
पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई र गोरुको पूजा गरी मनाइयो तिहार (फोटो फिचर)
Latest NewsJust now

पशुपति मन्दिर क्षेत्रस्थित राम मन्दिरमा गाई र गोरुको पूजा गरी मनाइयो तिहार (फोटो फिचर)

• आज कात्तिक शुक्ल प्रतिपदाका दिन नेपालभर गाई र गोरुको पूजा गरी तिहार मनाइएको छ। • गाईलाई पवित्र मान्दै पूजा गर्ने र मीठा परिकार खान दिने परम्परा रहेको छ। • कृषकहरूले आफ्नो कृषि साधनको समेत पूजा गर्ने परम्परा छ। ...

नेपालबहस
कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ
Latest NewsJust now

कर्णालीविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर रोज्यो ब्याटिङ

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पोखराले कर्णाली याक्सविरुद्ध टस जित्दै ब्याटिङ रोजेको हो। यस सिजनमा पहिलो जितको खोजीमा रहेको पोखरा एभेन्जर्स आजको खेलमा चुनौतीपूर्ण योगफल तयार पार्ने लक्ष्यमा हुनेछ। उता कर्णाली याक्स भने सुरुवातमै विकेट लिएर पोखरालाई दबाबमा राख्ने योजनामा मैदान उत्रिनेछ। ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play