पछिल्लो २४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ६ गते बिहान १० बजेदेखि आज आजसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, लेक लाग्ने, पहिरो तथा जनावरको आक्रमणलगायत विपद्का घटना भएका हुन् । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सप्तरी, धादिङ, गोरखा, कञ्चनपुर र डडेल्धुरामा सर्पदंशका घटना भएका छन् । यस्तै, मोरङ, सुनसरी, बारा, नवलपरासी पूर्व, दाङ, सल्यान, कैलाली र डडेल्धुरामा आगलागीका घटना भएका छन् । त्यसैगरी, मनाङ र डोल्पामा लेक लाग्ने, म्याग्दीमा पहिरो तथा कास्की र कैलालीमा जनावरको आक्रमणका घटना भएका छन् । विभिन्न जिल्लामा भएका यी विपद्का घटनाबाट आठ जना घाइते भएका छन् । घटनामा मानवीय क्षति नभए पनि भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ । विपद्मा परी घाइते भएकामध्ये केहीको सम्बन्धित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई थप उपचारका लागि जिल्ला बाहिरका अस्पतालमा लगिएको छ । घटनाबाट भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकाय सक्रिय रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले विपद्को जोखिम देखिएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गर्न र आधिकारिक सूचनाको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विपद्का समयमा सतर्कता अपनाउनुका साथै जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नसके सम्भावित जनधनको क्षति कम गर्न सकिने प्राधिकरणको सुझाव छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

डिक्रा बादीको देउडा यात्रा : समय फेरियो, भाका फेरिएन
धनगढी । सानो छँदा गाउँमा ठाडी भाका र देउडा गाउँदा डिक्रा बादीका साथीहरू भन्थे, ‘तेरो स्वर त निकै राम्रो छ, रेडियो नेपालमा गएर गा।’ डिक्राले त्यतिबेला साथीहरूको त्यो भनाइलाई गम्भीरतापूर्वक लिइनन्। उनलाई... ...
![बालेन सरकारले जनअपेक्षा पूरा नगरेको ठहरसँगै नेकपा जागरण अभियानमा [फोटोफिचर]](https://hamrakura.com/uploads/news/images/ncp-jagaran-abhiyan-83-7-7%20(1).jpg)
बालेन सरकारले जनअपेक्षा पूरा नगरेको ठहरसँगै नेकपा जागरण अभियानमा [फोटोफिचर]
‘प्रचण्ड’ले राष्ट्रिय जागरण अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरेका छन् । ...

मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल
मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेम सँग छलफल गरेका छन् । मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटका ...

देशभर २० विपद्का घटना, आठ जना घाइते
काठमाडौँ, कात्तिक ७ गते । देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का घटना भएका छन् । ती घटनामा परी आठ जना घाइते भएका छन् भने करिब रु २४ लाख १५ हजार बराबरको आर्थिक क्... ...


