मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल

मौरिसस । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेम सँग छलफल गरेका छन् । मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण तथा नेपाल–मौरिसस श्रम सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो । भेटका क्रममा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा श्रमिकका लागि सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको थियो। साथै, श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै दुई देशबिचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उपनेता पराजुलीले बताए । नेपाल र मौरिससबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा दुई देशबिचको सम्बन्धलाई थप विस्तार र सुदृढ बनाउने विषयले पनि छलफलमा महत्त्व पाएको थियो। यस क्रममा कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको पराजुलीले जानकारी दिए । भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबिच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो । त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोड्दै धार्मिक, सांस्कृतिक र आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो। यस्तो सहकार्यले दुवै देशका नागरिकबिच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो । भेटका क्रममा उपनेता पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्धलाई थप सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । The post मौरिससका श्रममन्त्रीसँग रास्वपा उपनेता गणेश पराजुलीको भेट, नेपाली श्रमिकको सुरक्षाबारे छलफल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

१० करोड क्लबमा शान्तिश्रीको गोर्खे खुकुरी
काठमाडौँ। चर्चित गायिका शान्तिश्री परियार र गायक निश्चल दवाडीको स्वरमा रहेको चर्चित गीत 'गोर्खे खुकुरी'ले युट्युबमा १० करोड भ्युज पार गरेको छ। दर्शक तथा श्रोताको अपार माया पाउँदा यो गीत १०... ...

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढायाे : अमेरिकी गुप्तचर प्रमुख
वासिङ्टन डीसी । इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने प्रयास ‘उल्लेखनीय रूपमा बढाएको’ अमेरिकी राष्ट्रिय गुप्तचर प्रमुख जे क्लेटनले चेतावनी दिएका छन् । यो चेतावनी यमनका हूथीहरूबाट बढ्दो आक्रमणपछि... ...

यू–१९ एसिया कपमा नेपालको प्रारम्भिक टोली घोषणा
काठमाण्डु – आगामी यू–१९ एसिया कपलाई लक्षित गर्दै नेपालले प्रारम्भिक टोली घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रतियोगिताको तयारीस्वरूप नेपाली युवा टोलीको बन्द प्रशिक्षण आईतबारदेखि पोखरामा सञ्चालन हुनेछ । प्रशिक्षणका क्रममा खेलाडीको प्रदर्शन र क्षमताका आधारमा अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ […] ...

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना हुँदा चार पाइलटको मृत्यु
उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ। वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो। वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए। दुर्घटनाको कारण पत्ता लगाउन ... ...


