न्यायालय शुद्धीकरणका लागि संसदबाटै कदम चाल्न निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। साथै, न्यायालयभित्र देखिएका विकृति र अनुचित साँठगाँठका घटनालाई विधिसम्मत रूपमा निरूपण गर्न संसदबाट निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा आज केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि प्रवक्ता जगदीश खरेलले सार्वजनिक गरेको निर्णयअनुसार रास्वपाले लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार तथा पूर्ण प्रेस र अभिव्यक्ति स्वतन्त्रतामा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ। २०८३ कार्तिक १३ गते सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएका भनिएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको रास्वपाको ठहर छ। उक्त घटनामा गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको अविलम्ब पहिचान तथा छानबिन गरी कडा कारबाही गर्न पार्टीले सरकारलाई निर्देशन दिएको छ। त्यस्तै, कतिपय न्यायाधीशसमेत मुछिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठाएको रास्वपाले जनाएको छ। न्यायालयको शुद्धीकरण र जवाफदेहिताका लागि संसदबाटै निर्णायक कदम चाल्दै विषयलाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय दललाई निर्देशन दिने निर्णय बैठकले गरेको छ। बैठकले मधेस प्रदेशमा पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउने विषयमा पनि निर्णय गरेको छ। सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययनको जिम्मेवारी सचिवालयलाई दिइएको छ। प्रतिवेदनमा समेटिएका सुझाव तथा सिफारिसलाई औचित्य र आवश्यकताका आधारमा कार्यान्वयनमा लैजाने निर्णयसमेत भएको छ। यसैगरी, चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै रास्वपाको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने भएको छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको टोली आगामी कार्तिकको अन्तिम साता चीन जाने निर्णय भएको प्रवक्ता खरेलले जानकारी दिएका छन्। उक्त भ्रमणबाट दुई पार्टीबीचको राजनीतिक संवाद तथा नेपाल–चीन द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने रास्वपाको अपेक्षा छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सञ्चार क्षेत्रमा कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश ...

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपमा संलग्नलाई कारबाही गर्न रास्वपाको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरीले गरेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिहरूको पहिचान गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले सञ्चार क्षेत्रमा कात्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका केही गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको हो। बैठकपछि पार्टी प्रवक्ता जगदीश ...

ऊर्जामन्त्री श्रेष्ठ स्वदेश फर्कनुभयो
काठमाडौँ, कात्तिक १४ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको बैंककमा आयोजित अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किनुभएको छ ।संयुक्त राष्ट... ...

माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो
काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो ...


