Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो

माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५५ करोड ११ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३१.८६ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४१ करोड ७९ लाख ५६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी, सन्चालन नाफा बढेको छ भने प्रोभिजनिङ घटेको छ । जसले ब‌ैंकको नाफा बढाउन सहयोग गरेको छ । असोज मसान्तसम्म बैंकले २१ करोड १२ लाख ७९ हजार रुपैयाँ प्रोभिजनिङ गरेको छ । गत आवको सोहो अवधिमा ४६ करोड ८ लाख ७४ हजार रुपैयाँ रहेको थियो । बैंकको खुद ब्याज आम्दानीमा १ अर्ब ४५ करोड ८९ लाख ४८ हजारबाट बढेर १ अर्ब ६८ करोड ६५ लाख २५ हजार रुपैयाँ रहेको छ । सन्चालन नाफा ५९ करोड ८४ लाख ३१ हजार रुपैयाँबाट बढेर ८६ करोड २ लाख ५३ हजार रुपैयाँ रहेको छ । असोजसम्म बैंकको वितरणयोग्य ११ करोड २१ लाख १४ हजार रुपैयाँ रहेको छ । १५ अर्ब ४४ करोड ८७ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ब‌ैंकको जगेडा कोषमा ७ अर्ब ९० करोड १० लाख ७७ हजार रुपैयाँ रहेको छ । २ खर्ब २८ अर्ब ३७ करोड २० लाख ९० हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बैंकले १ खर्ब ७२ अर्ब ६४ करोड ९९ लाख ८२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्क्रिय कर्जा ४.१३ प्रतिशतबाट घटेर ३.९७ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १७.७१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.४ रुपैयाँ रहेको छ । The post माछापुच्छ्रे बैंकको नाफा ३१.८६ प्रतिशतले बढ्यो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

धनगढीमा एनपीएल क्रेज : सुदूरपश्चिमको खेल हेर्न पार्क मोडमा दर्शकको घुइँचो (फोटो फिचर)
ताजा खबरJust now

धनगढीमा एनपीएल क्रेज : सुदूरपश्चिमको खेल हेर्न पार्क मोडमा दर्शकको घुइँचो (फोटो फिचर)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को रौनक यति बेला कीर्तिपुरको मैदानमा मात्र सीमित छैन, देशका प्रमुख सहरहरूमा पनि यसको क्रेज देखिन थालेको छ । एनपीएलअन्तर्गत शनिबार राति सम्पन्न सुदूरपश्चिम... ...

रातोपाटी
उत्कृष्ट दुग्ध उत्पादक किसान सम्मानित
ताजा खबरJust now

उत्कृष्ट दुग्ध उत्पादक किसान सम्मानित

अमरराज नहर्कीतनहुँ, कात्तिक १४ गते । तनहुँ जिल्लाका उत्कृष्ट दुग्ध उत्पादक किसानलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ । तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेड, दमौलीको ३१औँ... ...

गोरखापत्र
हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन
ताजा खबरJust now

हिमपातका कारण ६ भारतीय पर्यटक डोल्पामा सम्पर्कविहीन

शे–फोक्सुन्डो गाउँपालिका क्षेत्रको नुमला पास र वागला पासमा उनीहरू सम्पर्कविहीन भएको स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play