नौ लाख किसानलाई बजारसँग जोड्ने श्रीलङ्काको कृषि कार्यक्रम सुरु

कोलम्बो । श्रीलङ्काले कृषि क्षेत्रको आधुनिकीकरण र राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान बढाउने उद्देश्यले शुक्रबार ६६ करोड ५० लाख अमेरिकी डलरको कृषि विकास कार्यक्रम सुरु गरेको छ । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी) को आर्थिक सहयोगमा सञ्चालन हुने ‘श्रीलङ्का एग्रीकनेक्ट’ कार्यक्रमले सन् २०३० सम्ममा नौ लाख किसानलाई कृषि उत्पादन तथा बजारको मूल्य शृङ्खलासँग जोड्ने लक्ष्य राखेको छ । कार्यक्रमअन्तर्गत विश्व बैंक समूहले ५५ करोड अमेरिकी डलर र आईएफएडीले ११ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउनेछन् । यसका अतिरिक्त आगामी पाँच वर्षमा निजी क्षेत्रबाट थप १७ करोड अमेरिकी डलरसम्म लगानी भित्र्याउने लक्ष्य राखिएको छ । अधिकारीहरूका अनुसार कार्यक्रमले डिजिटल प्रविधिको प्रयोग र अन्य आधुनिकीकरणका उपायमार्फत कृषि तथा खाद्य क्षेत्रलाई जलवायु परिवर्तनका असर थेग्न सक्ने र बजारमुखी उद्योगका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । कार्यक्रम शुभारम्भका अवसरमा सार्वजनिक विवरणअनुसार श्रीलङ्काको कुल गार्हस्थ उत्पादनमा कृषि तथा खाद्य क्षेत्रको योगदान करिब १५ प्रतिशत छ । त्यस्तै, वस्तु निर्यातमा यस क्षेत्रको हिस्सा ३० प्रतिशत र कुल रोजगारीमा करिब एक तिहाइ रहेको छ । रासस/सिन्ह्वा
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नेपाल प्रिमियर लिगमा आज जनकपुर र पोखरा भिड्दै
• नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। • खेल त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ र दुवै टोली जित्ने लक्ष्यमा छन्। • जनकपुरको कप्तानी हरमित सिंहले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हाल्नेछन्। ...

जर्मनीमा जेनजी प्रदर्शन हिंसात्मक, फ्र्याङ्कफर्टमा पसल लुटपाट
अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि फ्र्याङ्कफर्ट र ह्याम्बर्गमा लुटपाट, तोडफोड तथा आगजनी भएपछि प्रहरीले सतर्कता बढाएको छ। ...

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहणसँगै जुगल हिमशृङ्खलाका अन्य हिमालको आरोहणका लागि पनि सम्भावना ...

षडानन्द राष्ट्रिय पुरस्कारको घोषणा
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १५ गते । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले षडानन्द राष्ट्रिय पुरस्कार नेपाली संस्कृतिविद् तथा समाजशास्त्री विद्वान् प्राडा प्रेमकुमार खत्री... ...


