Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं । कल्पना गर्नुहोस् त, तपाईंले सामान्य रूपमा किनेको एउटा इनर्जी ड्रिङ्कसले तपाईंलाई नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बनायो भने कस्तो होला ? अझ, त्यही खरिदले कार जित्ने अवसरसमेत दिलायो भने ? सुन्दा अचम्म लाग्न सक्छ, तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कसका नौ जना उपभोक्ताका लागि यस्तै सुखद संयोग जुरिसकेको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितेका छन् । दशैंको उत्साह, युवाको जोश र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा विजेता बन्ने क्रम जारी छ । कसैको भाग्यमा मोटरसाइकल परेको छ त कसैले स्कुटर हात पारेका छन् । सुर्खेतदेखि जनकपुर, बनेपादेखि बुटवल र धनगढीदेखि वीरगञ्जसम्मका उपभोक्ताले पुरस्कार जितेसँगै खुसीको यो यात्रा देशका विभिन्न सहरमा फैलिएको छ । अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन् । त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन् । यसैबीच, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले अभियानको उत्साहलाई अझ बढाएका छन् । जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन् । यस अभियानअन्तर्गत कुल १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ । अर्थात्, अभियानमा कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कार गरी ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ वटा सवारीसाधनले आफ्ना भाग्यशाली विजेता पाउन बाँकी छ । हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह भन्ने सन्देशसहित म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ ले उपभोक्ताका लागि पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सवलाई निरन्तरता दिइरहेको छ । बनेपादेखि बुटवल, धादिङदेखि धनगढी, सुर्खेतदेखि जनकपुर हुँदै धरान, बिर्तामोड र वीरगञ्जसम्मका विजेताले अभियानको पहुँच देशका विभिन्न स्थानमा फैलिएको देखाएका छन् । आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा उपभोक्तामाझ उत्साह अझ बढ्ने कम्पनीको विश्वास छ । अब प्रोटोन कार कसको भाग्यमा पर्ला ?

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा
ताजा खबरJust now

हामीले जे बोल्यौँ त्यो नै हुकुम हो भन्ने सरकारको साेच चिन्ताजनक : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले संविधान, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि देखाएको पछिल्लो व्यवहार निकै चिन्ताजनक रहेको बताएका छन्। पार्टी कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गरी उनले मिडिया हाउसमा... ...

रातोपाटी
सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी
ताजा खबरJust now

सर्वोच्चका प्रस्तावित ४ न्यायाधीशविरुद्ध ८ उजुरी

संसदीय सुनुवाइ समितिले कात्तिक ९ गते प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो । उजुरी दिने समय कात्तिक १९ गतेसम्म रहेको छ । ...

कान्तिपुर
विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
ताजा खबरJust now

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको ...

केन्द्रबिन्दु
लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्
ताजा खबरJust now

लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम, तस्बिरमा हेर्नुहोस्

काठमाडौं । लगातारको वर्षापछि काठमाडौं उपत्यकाको मौसम क्रमशः खुल्दै गएको छ। बङ्गालको खाडीमा विकसित चक्रवातको प्रभावका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भएको थियो। शनिबार साँझदेखि वर्षा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play