Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते
Photo / Coverage: केन्द्रबिन्दु

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका हुन्। प्रहरीका अनुसार विस्फोटबाट खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ। अलीको भने बायाँ हात र दाहिने खुट्टामा चोट लागेको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते दुवैजनालाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनामा विस्फोट भएको वस्तु के हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?
Latest NewsJust now

मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?

विराटनगर । झण्डै एक महिना अगाडि (असोज १९ गते) प्रधानमन्त्री बालेन्द्र शाहले देशभर हालसम्म ५ हजार ७३७ लालपुर्जा वितरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाले । जग्गा वितरणका विभिन्न पृष्ठभूमि केलाउँदै... ...

रातोपाटी
स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने
Latest NewsJust now

स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने

काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र... ...

रातोपाटी
फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त
Latest NewsJust now

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् । ...

कान्तिपुर
साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था
Latest NewsJust now

साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ? ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play