नेपालीको आँसु पुछ्ने उद्देश्यले श्रमदान अभियानमा अघि बढेको छु : हर्क साम्पाङ

काठमाडौं, कात्तिक ९ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालीको दुःख, पीडा र आँसु पुछ्ने उद्देश्यसहित आफू श्रमदान अभियानमा अघि बढिरहेको बताउनुभएको छ । दैलेखबाट अछामतर्फ श्रमदाताहरूको समूहसहित यात्रामा निस्कनुभएका अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो अभियानको उद्देश्य, श्रम संस्कृतिको दर्शन र देश निर्माणप्रतिको दृष्टिकोण सार्वजनिक गर्नुभएको हो । उहाँले हुम्लाको तुइन देखेपछि भावुक भएको उल्लेख गर्दै त्यहाँ पुग्ने वाचा पूरा गर्न यात्रामा निस्किएको बताउनुभएको छ । “अरूको दुःख र पीरव्यथा महसुस गर्न सक्दिनँ भने मैले गरेको राजनीतिको कुनै अर्थ रहन्न, मेरो अभियानको सार्थकता रहन्न,” उहाँले लेख्नुभएको छ, “चोट जसलाई लागे पनि दुख्छ मेरो मुटु ।” आफ्नो राजनीतिको उद्देश्य जनताको दुःख कम गर्नु र उनीहरूको जीवनमा खुसी ल्याउनु रहेको उल्लेख गर्दै साम्पाङले नेपालीको सुखदुःखसँग आफूलाई जोडेर हेर्ने गरेको बताउनुभएको छ । “मैले बाँच्नुको अर्थ अरूको मुहारमा हाँसो ल्याउनु नै हो । नेपाली हाँस्दा म हाँसेको हुनेछु, नेपाली रुँदा म रोएको हुनेछु अनि नेपालीको आँसु पुछ्ने कर्ममा अघि बढेको हुनेछु,” उहाँले भन्नुभएको छ । उहाँले स्वदेश वा विदेशमा रहेका नेपालीले दुःख भोग्न नपरोस् भन्ने उद्देश्यलाई श्रम संस्कृतिको मूल सारका रूपमा व्याख्या गर्नुभएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमका हुम्ला, जुम्ला र दार्चुलासम्मको माटो आफ्नो लागि उत्तिकै पवित्र र स्वाधीन रहेको उहाँको भनाइ छ । साम्पाङले स्वाभिमान, श्रम र श्रमदानको अभियानलाई विस्तार गर्दै देश निर्माणमा नागरिकको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राजनीतिलाई शासक बन्ने प्रतिस्पर्धाभन्दा जनताको सेवामा समर्पित हुने प्रतिस्पर्धाका रूपमा अघि बढाउनुपर्ने धारणा पनि राख्नुभएको छ । “को शासक बन्ने भन्ने खेल होइन, को सेवक बनेर कसले धेरै सेवा दिने भन्ने प्रतिस्पर्धा नै आजको राजनीतिको सार बन्नुपर्छ,” उहाँले लेख्नुभएको छ । यही विचारलाई आफूले ‘हर्कवाद’ नाम दिएको उल्लेख गर्दै उहाँले त्यसलाई बुझ्न, सिक्न र फैलाउन सबैलाई आग्रह गर्नुभएको छ । देश निर्माणको जिम्मेवारी अरूलाई मात्र सुम्पिने सोच त्याग्नुपर्ने बताउँदै साम्पाङले नागरिकमा आत्मनिर्भरता र स्वाभिमानको भावना विकास हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । “मेरो देश अरूले बनाइदिन्छ भन्ने दरिद्र सोच त्यागौँ र मेरो देश म आफैँ बनाउँछु भन्ने स्वाभिमानी सोच पालौँ,” उहाँले भन्नुभएको छ । जनताको दुःख पहिचान गरी त्यसको समाधानका लागि प्रयास गर्नु नै स्पष्ट दृष्टिकोण भएको व्यक्तिको जिम्मेवारी भएको उल्लेख गर्दै उहाँले श्रम संस्कृतिको अभियानलाई देशव्यापी बनाउन सबैलाई आह्वान गर्नुभएको छ । दैलेखबाट अछामतर्फको आफ्नो यात्रा कहिले र कति समयमा गन्तव्यमा पुगेर टुंगिने भन्ने निश्चित नभएको उल्लेख गर्दै साम्पाङले यात्रासँगै आफ्नो मनका भावना पनि सार्वजनिक गरिरहेको बताउनुभएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

मनकामना मन्दिर उद्घाटन गर्न गगन थापा स्याङ्जा जाँदै
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आज स्याङ्जा आउने भएका छन् । बिरुवा गाउँपालिका–७ गहतेस्थित नवनिर्मित मनकामना मन्दिर उद्घाटन गर्न थापा स्याङ्जा आउन लागेका हुन् । स्याङ्जा आउने क्रममा सभापति थापाले नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं. १ का सभापति डोलराज पोखरेलका अनुसार थापाले पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट ...

नेपाली क्रिकेट अमर रहोस् : प्रधानमन्त्री बालेन्द्र साह
काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटको सफलताको कामना गर्नुभएको छ । प्रधानमन्त्री साहले सामाजिक सञ्जालमार्फत एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै केही वर्षमै यसले ठूलो खेलकुद उत्सवको रूप लिएको बताउनुभएको हो । उहाँले प्रतियोगितामा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, ...

इनमाथि तत्काल आक्रमण नगर्ने ट्रम्पको घोषणा, तनाव घटाउन कतारको कूटनीतिक पहल
काठमाण्डु –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण नहुने बताएका छन्। मध्यपूर्वमा अमेरिका, इजरायल र इरानबीच तनाव बढिरहेका बेला ट्रम्पले आइतबार पत्रकारहरूसँग कुरा गर्दै ‘आज आक्रमण हुनेछैन’ भनेका हुन्। ट्रम्पको घोषणाले तत्काल सैन्य कारबाहीको सम्भावना टरेको संकेत दिए पनि यसले दीर्घकालीन तनाव अन्त्य हुने निश्चितता भने दिएको छैन। यसैबीच क्षेत्रीय तनाव कम गर्न कतारका […] ...


