Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

10/23/2026, 4:15:47 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्ने

नेपाली ‘यु-१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी-२०’ विश्वकपको तयारीका क्रममा दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गरी विश्वकपको तयारीका क्रममा थाइल्याण्ड र भारतमा आयोजना हुने प्रतियोगितामा नेपाली टोली सहभागी हुने जानकारी दिएको हो । क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिअनुसार नेपालले आगामी नोभेम्बर ३ देखि ८ सम्म चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु-१९ गल्र्स टी-२०आई’ प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ । उक्त प्रतियोगितामा आयोजक चीनसहित नेपाल, थाइल्याण्ड र हङकङले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, नोभेम्बर १० देखि २२ सम्म भारतको बेङ्गलुरुमा आयोजना हुने त्रिदेशीय शृङ्खलामा पनि नेपाली टोलीले सहभागिता जनाउने छ । उक्त शृङ्खलामा नेपाल यु-१९ महिला टोलीका साथै भारत यु-१९ महिला ‘ए’ र भारत यु-१९ महिला ‘बी’ टोलीले प्रतिस्पर्धा गर्ने क्यानले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा
OthersJust now

‘सुशान्त सिंह राजपुत लागूऔषधको प्रभावमा थिएनन्’, अभिनेत्री स्मिताको खुलासा

दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्यालाई लिएर विभिन्न थरीका अड्कलबाजी हुँदै आएका छन् । यसले उनका प्रशंसकमा अन्योल सिर्जना गरेको छ । सुशान्तको निधन भएको लामो समय बितिसक्दा पनि उनको मृत्युको वास्तविक कारणबारे धेरै मानिसमा चासो कायमै छ। यसैबीच, बलिउड अभिनेत्री स्मिता जयकरले यस विषयमा नयाँ खुलासा गरेकी छन् । उनले सुशान्त डिप्रेसनबाट पीडित… ...

अनलाइन खबर
सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु
OthersJust now

सुनसरीमा दुई वटा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु

६ कात्तिक, काठमाडौं । सुनसरीमा दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित सडकमा प्र.०१–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएका थिए । उक्त दुर्घटना हुँदा प्र.१–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल चालक भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने २२ वर्षीय अर्जुन यादवको मृत्यु… ...

अनलाइन खबर
हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने
OthersJust now

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा सरकार जुटेको छ । कोषको बिहीबार सम्पन्न पहिलो असाधारण ‘भर्चुअल’ बैठकले नेपाललाई दुई करोड अमेरिकी डलर (करिब तीन अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त सहयोग गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play