Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत सीमा समस्या कुटनीतिक वार्ताबाट समाधान गर्ने सहमति, सीमाको संयुक्त स्थलगत निरीक्षण गरिने
Photo / Coverage: टक्सार

काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी बाँकी समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्ने सहमति भएको छ । प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफलका क्रममा सीमा समस्यालाई संयुक्त भिजन डकुमेण्टमा समेत समावेश गरिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपाल–भारत सीमाको संयुक्त स्थलगत निरीक्षण तथा सीमा स्तम्भहरूको मर्मतसम्भार कार्यलाई अघि बढाउने विषयमा सहमति जनाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए । शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सीमा सम्बन्धी विद्यमान समस्या समाधानको प्रक्रिया अघि बढाउन दुवै देशका परराष्ट्र सचिव र विदेश सचिवलाई निर्देशनसमेत दिइएको उल्लेख गरे । स्थापित सीमा संयन्त्रहरूमार्फत कुटनीतिक समाधान खोज्न दुवै पक्ष प्रतिवद्ध रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षलाई अनुकूल हुने समयमा नेपालका परराष्ट्र सचिव र भारतका विदेश सचिवस्तरीय बैठक बसेर लामो समयदेखि थाँती रहेका सीमा सम्बन्धी विषयको समाधान प्रक्रिया अघि बढाइने जनाइएको उनले बताए। उनले भने, “सीमा सम्बन्धी विषय ज्वाइन्ट भिजन डकुमेण्टमा पनि समावेश भएको छ । दुई प्रधानमन्त्रीज्युहरुले नेपाल र भारत सीमाको संयुक्त स्थलगत निरीक्षण र सीमास्तम्भहरुको मर्मतसम्भार कार्यको उल्लेख गर्नुभएको छ । विद्यमान सीमा सम्बन्धी जुन विषय छ । सो कार्य अघि बढाउन परराष्ट्रसचिव र विदेशसचिवज्युहरुलाई निर्देशन दिइसक्नुभएको छ । दुई देशबीच स्थापित सीमा सम्बन्धी संयन्त्रहरुमार्फत कुटनीतिक हल निकाल्न दुवै पक्षको प्रतिवद्धता जाहेर भएको छ । दुवै पक्षलाई अनुकुल हुने समयमा परराष्ट्रसचिव र भारतीय विदेश सचिवस्तरीय बैठक बसी सीमा सम्बन्धी थाँती रहेका विषयहरुको कुटनीतिक समाधानको प्रक्रिया अघि बढ्नेछ ।” ईपीजी प्रतिवेदन प्रधानमन्त्रीहरूसमक्ष पेश हुने विश्वास नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीसमक्ष पेश हुने विश्वास सरकारले व्यक्त गरेको छ । ईपीजीका नेपाली टोलीका संयोजक भेषबहादुर थापाले उमेरका कारण आफूसँग रहेको प्रतिवेदनको साँचो २०८३ जेठ २१ गते परराष्ट्र सचिवलाई हस्तान्तरण गरिएकाे प्रवक्ता क्षेत्रीले बताए । दुवै पक्षको सहमतिअनुसार ईपीजी प्रतिवेदन शुरुमा भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीसमक्ष पेश गर्ने कार्यतालिका रहेको सरकारले जनाएको छ । दुवै प्रधानमन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न समय प्राप्त हुने विश्वाससमेत व्यक्त गरिएको बताए । ईपीजी गठन हुनुका मूलभूत उद्देश्यअनुरूप प्रतिवेदनमा समेटिएका द्विपक्षीय विषयमा दुवै देशले संयुक्त रूपमा कामलाई निरन्तरता दिनुपर्ने सरकारको धारणा छ । प्रधानमन्त्री साहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष र समग्र रूपमा अघि बढाउन संयुक्त भिजन डकुमेन्टमार्फत दिशा निर्देश गरेको पनि सरकारले जनाएको छ । नेपाल र भारतबिच जारी संयुक्त भिजन डकुमेण्टमा दुई देशको सम्बन्धका विभिन्न आयाम समेटिएको प्रवक्ता क्षेत्रीले बताए । त्यसमा उल्लेखित विषयलाई कार्यान्वयनमा लैजान परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाले सम्बन्धित निकायसँग पत्राचार र समन्वय गरिसकेको उनले जानकारी दिए । उनले भने, “दुई देश नेपाल र भारतबिच ज्वाइन्ट भिजन डकुमेण्ट दुवै पक्षले जारी गरेका छन् । त्यसले नेपाल र भारत सम्बन्धका विभिन्न पाटाहरुलाई समेटेको छ । ति पाटाहरुलाई कार्यान्वयनको चरणमा लैजान हाम्रो साउथ एशिया महाशाखाबाट सम्बन्धित निकायहरुमा पत्राचार र समन्वय भइसकेको छ ।” प्रधानमन्त्री बालेन्द्र साहले मंसिरको ६ र ७ गते भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलपछि दुवै देशले संयुक्त पत्रकार सम्मेलन गर्दै संयुक्त ज्वाइन्ट भिजन डकुमेण्ट सार्वजनिक गरेका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
विचौलियाको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट सात जना पक्राउ
Latest NewsJust now

विचौलियाको आरोपमा जिल्ला प्रशासन कार्यालयबाट सात जना पक्राउ

काठमाडौं जिल्ला प्रशासन कार्यालय परिसरमा सेवाग्राहीलाई दुःख दिएको भन्दै प्रहरीले सात जनालाई पक्राउ गरेको छ।  शुक्रबार प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका-२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का, झापाको गराहद नगरपालिका-७ घर भइ सूर्यविनायक बस्ने ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भीरकोट नगरपालिका-५ घर भइ हाल काठमाडौंको सानोभ¥याङ बस्न... ...

नेपालखबर
‘अफलाइन पठाओ’को नाममा ठगी, एक पक्राउ
Latest NewsJust now

‘अफलाइन पठाओ’को नाममा ठगी, एक पक्राउ

काठमाडौं। ‘अफलाइन पठाओ’ सेवामार्फत सामान गन्तव्यसम्म पुर्‍याइदिने भन्दै यात्रुको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्ने ६१ वर्षीय हरिबहादुर पोखरेल छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई आज पक्राउ गरिएको हो। काठमाडौंको बसपार्क क्षेत्रमा अफलाइन पठाओ स्कुटर सञ्चालन गर्ने व्यक्तिले उपत्यकाबाहिरबाट आएका यात्रुको सामान गन्तव्यसम्म पुर्‍याइदिने ...

नेपालन्युज
राष्ट्रिय खेलकुद: पौडीमा बागमतीलाई १६ स्वर्ण
Latest NewsJust now

राष्ट्रिय खेलकुद: पौडीमा बागमतीलाई १६ स्वर्ण

११ टोलीका करिब २०० खेलाडीबीच भएको प्रतिस्पर्धामा बागमतीले स्वर्णमा दबदबा कायम गर्दै कुल पदकमा पनि उत्कृष्ट प्रदर्शन गर्‍यो। ...

कान्तिपुर
सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतको प्रस्ताव
Latest NewsJust now

सन् २०३६ को ओलम्पिक आयोजना गर्न भारतको प्रस्ताव

नयाँदिल्ली । सन् २०३६ को ओलम्पिक आयोजना गर्ने लक्ष्यसहित भारतले प्रस्तुत गरेको प्रस्ताव सकारात्मक रहेको भन्दै भारतीय अधिकारीहरूले आयोजक छनोट प्रक्रियाको अर्को चरणमा प्रवेश गर्ने विश्वास व्यक्त गरेका छन् ।... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement