काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही ३० कात्तिकको बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । The post नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






