Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जुनार खेती र उत्पादन बढ्यो, किसानमा उत्साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
जुनार खेती र उत्पादन बढ्यो, किसानमा उत्साह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । तिहार र छठजस्ता प्रमुख पर्वमा बजारमा जुनार खपत बढ्छ । यतिबेला फलफूलको प्रयोग र छठमा सूर्यलाई अर्घ्य दिने क्रममा जुनार चढाउने परम्पराका कारण यसको खपत बढ्ने गरेको सरोकारवाला बताउँछन् । पर्व मौसम रहेकाले बजारमा जुनार प्रशस्तै देखिन थालेको छ । पछिल्लो एक दशकको सरकारी तथ्यांकले समेत जुनार उत्पादन र खेती बढ्दै गएको देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुगेको छ । यस अवधिमा उत्पादन ११ हजार ६ सय २ टन अर्थात् ३३.५ प्रतिशतले बढेको राष्ट्रिय फलफूल विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक हो । जुनार उत्पादन बढ्नुमा बजारको माग, मूल्य र यसको सांस्कृतिक महत्त्व प्रमुख रहेको कृषिविज्ञ कृष्णप्रसाद पौडेलले बताए । तुलनात्मक रूपमा लामो समयसम्म भण्डारण गर्न सकिने र चाडपर्वको समयमा चाहिने हुनाले पनि यसको बजार सम्भावना राम्रो रहेको उनको भनाइ छ । ‘जुनार तुलनात्मक रूपमा चाँडै नबिग्रने, परम्परागत तथा सांस्कृतिक महत्त्व रहेको र चाडपर्वकै समयमा तयार हुने फल भएकाले यसको उत्पादन बढेको हो,’ पौडेलले भने । उत्पादनको सरकारी तथ्यांक र वास्तविक उत्पादनबीच कति समानता छ भन्ने विषयमा थप अध्ययन आवश्यक रहेको उनले जनाए । जुनार खेती हुने क्षेत्रफल विस्तार र उत्पादकत्वमा आएको सुधारसँगै उत्पादन बढेको केन्द्रले सार्वजनिक गरेको फलफूल तथा पुष्प व्यवसायसम्बन्धी तथ्यांक पुस्तिकामा उल्लेख छ । यसअनुसार आर्थिक वर्ष २०७१/७२ मा जुनार खेती हुने कुल क्षेत्रफल ४ हजार ८ सय ३४ हेक्टर थियो । एक दशकमा ६ हजार १ सय ५१ हेक्टर बढेर २०८१/८२ मा १ हजार ३ सय १७ हेक्टर पुगेको छ । जुनारको उत्पादनशील क्षेत्रफल पनि एक दशकमा ८ सय १६ हेक्टरले बढेको छ । आर्थिक वर्ष २०७१/७२ मा ३ हजार ४ सय ४० हेक्टर क्षेत्रफल उत्पादनशील रहेकामा २०८१/८२ मा ४ हजार २ सय ५६ हेक्टर पुगेको छ । यसले जुनारको उत्पादकत्वमा समेत सुधार भएको देखाएको छ । आर्थिक वर्ष २०७१/७२ मा उत्पादकत्व प्रतिहेक्टर १०.१ टन थियो । एक दशकमा उत्पादकत्व प्रतिहेक्टर ०.७७ प्रतिशत बढेर २०८१/८२ मा १०.८७ टन पुगेको छ । उत्पादनशील क्षेत्रफल विस्तारसँगै उत्पादकत्वमा आएको सुधारले कुल उत्पादन बढाउन योगदान गरेको देखिन्छ । नेपालमा जुनारको मुख्य उत्पादन तथा बजार बिक्रीको समय मंसिरदेखि पुससम्म हो । यही अवधिमा बजारमा स्वदेशी तथा विदेशी जुनारको आपूर्ति बढ्ने गर्छ । नेपालका विभिन्न पहाडी जिल्लामा जुनार खेती हुँदै आएको छ । रामेछाप, सिन्धुली र धनकुटालाई जुनारको पकेट जोनका रूपमा लिइन्छ । यसका अतिरिक्त काभ्रेपलाञ्चोक, प्यूठान, डोटी, धादिङ र रोल्पालगायत जिल्लामा खेती गरिन्छ । नेपालमा धनकुटाको पारिपात्ले कृषि अनुसन्धान केन्द्र र कीर्तिपुरस्थित केन्द्री बागवानी केन्द्रमा जुनारका माल्टा, भ्यालेन्सिया, नेभल, जाफालगायत जातको संरक्षण गरिएको छ । पारिपात्लेमा स्थानीय जुनारसहित माल्टा कमन, माल्टा ब्लड रेड, रुबी र ह्याम्लिनलगायत जात छन् । कीर्तिपुर केन्द्रमा स्थानीय जुनार, वासिङ्टन नेभल, फस्ट भ्यालेन्सिया, फुकुहारा र कियोमीसहित विभिन्न जातको संरक्षण तथा अध्ययन हुँदै आएको केन्द्रले बताएको छ । एक दशकमा उत्पादन बढे पनि गत वर्ष र यस वर्ष बराबर नै उत्पादन हुने सरकारी आकलन छ । जुनार उत्पादनको नयाँ प्रक्षेपण सार्वजनिक भइनसकेकाले गत वर्षको उत्पादन यकिन भइनसकेको केन्द्रका वरिष्ठ बागवानी विकास अधिकृत सागर घिमिरेले जनाए । ‘गत वर्षको तथ्यांक अद्यावधिक भइसकेको छैन, उत्पादनमा धेरै परिवर्तन हुँदैन भन्ने अनुमान छ,’ घिमिरेले भने । यस वर्ष सिन्धुलीका केही क्षेत्रमा फ्रुटफ्लाईको प्रकोप देखिए पनि उत्पादनमा गिरावट नआउने प्रारम्भिक जानकारी आएको घिमिरेले बताए । नयाँ उत्पादन प्रक्षेपण र तथ्यांक सार्वजनिक भएपछि मात्र यस वर्षको वास्तविक अवस्था स्पष्ट हुने उनको भनाइ छ । बजारमा माग र मूल्य दुवै राम्रो हुन थालेपछि किसान जुनार खेतीतर्फ आकर्षित हुँदा उत्पादन बढेको कृषि विज्ञ बताउँछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
Latest NewsJust now

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही ३० कात्तिकको बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा ...

कर्पोरट खबर
चीन जाने रास्वपा टोली सभापति लामिछानेसँग छलफलमा
Latest NewsJust now

चीन जाने रास्वपा टोली सभापति लामिछानेसँग छलफलमा

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज सभापति निवासमा लामिछानेसँग भेट गरी भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो। रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि ११ दिने चीन भ्रमणमा जाँदैछ। भ्रमणका क्रममा सुशासन, आर्थिक ...

टक्सार
बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास
Latest NewsJust now

बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास

१२ अगस्ट १९९७ को बिहान, ‘टी-सिरिज’ का मालिक गुलशन कुमार सधैँझैँ पूजाअर्चनाका लागि मुम्बईको अन्धेरीस्थित एउटा मन्दिरमा पुगेका थिए। दर्शन गरेर बाहिर निस्कँदै गर्दा उनीमाथि अन्धाधुन्ध गोली प्रहार भयो। गोली लागेपछि... ...

रातोपाटी
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो
Latest NewsJust now

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखा, कात्तिक २८ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । धुलोसहित खसेको पहिरोका कारण हालसम्म मानवीय तथा भौति... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play