Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

चीन जाने रास्वपा टोली सभापति लामिछानेसँग छलफलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन जाने रास्वपा टोली सभापति लामिछानेसँग छलफलमा
Photo / Coverage: टक्सार

काठमाडौं। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले आज सभापति निवासमा लामिछानेसँग भेट गरी भ्रमणका विषयमा छलफल तथा परामर्श गरेको हो। रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल आगामी कात्तिक २९ गतेदेखि ११ दिने चीन भ्रमणमा जाँदैछ। भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा राजनीतिक नेतृत्वका विषयमा अनुभव आदानप्रदान र छलफल हुने कार्यक्रम छ। भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चीनका सिचुवान, जेजियाङ र बेइजिङका विभिन्न विकास आयोजना तथा संस्थाको अवलोकन गर्नेछ। सिचुवानमा उच्च प्रविधि तथा औद्योगिक पार्क, भूकम्पपछिको पुनर्निर्माण र विपद् व्यवस्थापनसम्बन्धी अभ्यासको अध्ययन गर्ने कार्यक्रम छ। त्यस्तै, जेजियाङमा रोबोटिक्स प्रविधि, औद्योगिक पार्क, तीव्र गतिको रेल सेवा र यीवू अन्तर्राष्ट्रिय व्यापार केन्द्रको अवलोकन गर्नेछ। टोलीले चीन–नेपाल उद्यमी सम्मेलनमा सहभागिता जनाउनुका साथै बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटवार्ता तथा छलफल गर्ने कार्यक्रम छ। प्रतिनिधिमण्डलमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित सांसदहरू सहभागी छन्। भ्रमण नोभेम्बर २६ मा सम्पन्न गरी टोली स्वदेश फर्कने कार्यक्रम छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने
Latest NewsJust now

नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही ३० कात्तिकको बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो । सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा ...

कर्पोरट खबर
बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास
Latest NewsJust now

बलिउडमा अन्डरवर्ल्डको कालो इतिहास

१२ अगस्ट १९९७ को बिहान, ‘टी-सिरिज’ का मालिक गुलशन कुमार सधैँझैँ पूजाअर्चनाका लागि मुम्बईको अन्धेरीस्थित एउटा मन्दिरमा पुगेका थिए। दर्शन गरेर बाहिर निस्कँदै गर्दा उनीमाथि अन्धाधुन्ध गोली प्रहार भयो। गोली लागेपछि... ...

रातोपाटी
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो
Latest NewsJust now

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखा, कात्तिक २८ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ । धुलोसहित खसेको पहिरोका कारण हालसम्म मानवीय तथा भौति... ...

गोरखापत्र
घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Latest NewsJust now

घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल

कास्की । तिहार र छठ पर्वको बिदासँगै कास्कीका पर्यटकीय गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको छ । घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ यतिबेला पर्यटकले भरिभराउ भएका छन् । पर्यटकको सङ्ख्या बढेपछि यहाँका होटल तथा घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा बस्ने ठाउँ पाउनसमेत कठिन भएको छ । अन्नपूर्ण गाउँपालिका–१० […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play