नेपाल बैंकको आकर्षक आवास कर्जा योजना सार्वजनिक

नेपाल बैंक लिमिटेडले विशेष सुविधासहितको आवास कर्जा योजना सार्वजनिक गरेको छ । ९०औँ वार्षिकोत्सवको अवसरमा बैंकले ‘नेपाल बैंक सर्वसुलभ आवास कर्जा योजना’ नाम दिएर ९० दिनका लागि यो योजना ल्याएको हो । योजनाअन्तर्गत ग्राहकले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत तथा अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्नेछन् । बैंकका अनुसार कर्जाको ब्याजदर आधार दरमा ०.५ प्रतिशत प्रिमियमबाट सुरु हुनेछ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत मात्रै लाग्नेछ । आवास कर्जालाई थप आकर्षक बनाउन बैंकले कर्जाग्राहीलाई अन्य सुविधासमेत उपलब्ध गराउने जनाएको छ। योजनाअन्तर्गत कर्जा लिने ग्राहकले ५ लाख रुपैयाँसम्मको लाइफटाइम निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । त्यस्तै, बैंकको लकर सुविधामा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ । बैंकले यो योजना २०८३ कात्तिक १५ गतेदेखि २०८३ माघ १५ गतेसम्म लागू हुने जनाएको छ। बैंक आगामी कात्तिक ३० गते स्थापनाको ९०औँ वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको अवसरमा ल्याइएको यस योजनाले घर खरिद तथा निर्माण गर्न चाहने ग्राहकलाई सहुलियतपूर्ण सर्तमा कर्जा उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपालको पहिलो बैंकका रूपमा परिचित नेपाल बैंकले देशभरका २३१ शाखा, २५० एटीएम तथा ५८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३० लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ । बैंकले आधुनिक बैंकिङ प्रविधिको प्रयोग र ग्राहक सेवामा सुधार गर्दै आफ्नो सेवा विस्तार गरिरहेको जनाएको छ । नयाँ आवास कर्जा योजनामार्फत ग्राहकलाई घरजग्गासम्बन्धी वित्तीय आवश्यकता पूरा गर्न सहयोग पुग्ने बैंकको अपेक्षा छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब ...

रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा
बालेन–रविको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ । ...

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको छ। ऐरीले पाेखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरे। जसमा ४ चाैका र २ छ्क्का सामेल छन् । यसअघि जारी एनपीएलकाे पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए। ...

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको ...


