Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Others/शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

10/28/2026, 8:59:50 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा नीतिगत सुधार हुने, सीटीईभीटीको पुनःसंरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उनले स्पष्ट पारे। राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्यानएको मानवीय र भौतिक क्षतिप्रति संवेदना व्यक्त गरिन्। स्विट्जरल्याण्ड र नेपालबीच लामो समयदेखिको सम्बन्ध भविष्यमा अझ विस्तार हुने विश्वास व्यक्त गरिन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल
OthersJust now

नेपालमा आजदेखि वर्षा र हिमपात, सतर्क रहन अपिल

कात्तिक १२ गते साँझदेखि १४ गतेसम्म देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुने पूर्वानुमान छ । ...

अनलाइन खबर
अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो
OthersJust now

अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढ्यो

१२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी, अष्ट्रेलियन र सिंगापुर डलरको भाउ बढेको छ । युरो, पाउन्ड स्टर्लिङ, स्वीस फ्र्यांक र क्यानेडियन डलरको भाउ भने घटेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६६ पैसा तोकेको… ...

अनलाइन खबर
सुदूरपश्चिमको लागि दशा कटाउने जित
Others15 minutes ago

सुदूरपश्चिमको लागि दशा कटाउने जित

पोखरा एभेन्जर्समाथि ६ विकेटको आरामदायी जितपछि सुदूरपश्चिमका इशान पाण्डेले यस पटक सुरुमै दशा कटेको प्रतिक्रिया दिए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play