नेपाल बैंकका सबै बैंकिङ सेवा सात घण्टा बन्द हुने

काठमाडौं । नेपाल बैंक लिमिटेडले शाखा समायोजनसम्बन्धी प्राविधिक कार्य गर्न आफ्ना सम्पूर्ण बैंकिङ सेवा सात घण्टाका लागि बन्द गर्ने भएको छ । बैंकका अनुसार कात्तिक १३ गते शुक्रबार राति ११:३० बजेदेखि कात्तिक १४ गते शनिबार बिहान ६:३० बजेसम्म बैंकिङ सेवा अवरुद्ध रहनेछ ।शाखा समायोजनका क्रममा तथ्याङ्क स्थानान्तरण (डाटा माइग्रेसन) गर्नुपर्ने भएकाले निर्धारित समयमा सेवा बन्द गर्न लागिएको बैंकले जनाएको छ । प्राविधिक कार्य सम्पन्न भएपछि सबै बैंकिङ सेवा पुन: नियमित रूपमा सञ्चालनमा आउनेछन् ।सेवा अवरुद्ध रहने अ
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण
ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ। गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो। पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। उनका अनुसार परम्परागत रूपमा दाउरा तथा ...

सरकारी फाइल अड्काउने प्रवृत्ति रोक्न नयाँ नियम, अब अनलाइनबाटै ट्र्याकिङ
काठमाडौं । सरकारी कार्यालयमा फाइल लामो समयसम्म अड्किने, अनावश्यक कागजात माग्ने र निर्णयका लागि विभिन्न तह धाउनुपर्ने समस्या अन्त्य गर्ने उद्देश्यले सरकारले सरकारी निर्णय प्रक्रियालाई सरल, छिटो र प्रविधिमैत्री बनाउन नयाँ नियमावली कार्यान्वयनमा ल्याएको छ ।‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण र डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ ले निर्णयका तह सीमित गर्ने, फाइल फर्छ्योटका लागि निश्चित समय तोक्ने, विद्युतीय प्रणालीमार्फत काम गर्ने ...

आईओएस २७.२ मा एप्पल कारप्लेमा दुई नयाँ सुविधा थपिए
एप्पलले आईओएस २७.२सार्वजनिक गर्दै आफ्नो कारप्ले प्रणालीमा पोडकास्ट एप र सिरी एआईसम्बन्धी नयाँ सुविधा थपेको छ। नयाँ अपडेटसँगै प्रयोगकर्ताले पोडकास्टका नयाँ एपिसोड खोज्न र पहिलेको कुराकानी सम्झाउन सिरीलाई अनुरोध गर्न सक्नेछन्। ९टूम्याकका अनुसार, नयाँ अपडेटमा एप्पलले पोडकास्ट एपको होम ट्याब पुनः डिजाइन गरेको छ। यसअघि रहेको ‘अप नेक्स्ट’ खण्ड हटाएर त्यसको ठाउँमा ‘न्यु एपिसोड्स’ र ‘कन्टिन्यु प्लेइङ’ खण्ड राखिएको छ। ‘न्यु एपिसोड्स’ ...


