टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने इन्धनको निर्भरता घटाउने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले स्थानीयलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गरेको छ। गाउँपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ७० प्रतिशत अनुदानमा चुलो वितरण गरिएकोे हो। पहिलो चरणमा स्थानीयको ३० प्रतिशत लागत साझेदारीमा ५०० वटा विद्युतीय चुलो वितरण गरिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए। उनका अनुसार परम्परागत रूपमा दाउरा तथा ग्यास प्रयोग गर्दै आएका स्थानीयलाई विद्युतीय चुलोको प्रयोगतर्फ आकर्षित गर्न कार्यक्रम सञ्चालन गरिएको हो। ग्रामीण क्षेत्रका नागरिकलाई आधुनिक प्रविधिमा आधारित खाना पकाउने सुविधासँग जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै अध्यक्ष बस्नेतले विद्युतीय चुलोको प्रयोगले आयातीत खाना पकाउने ग्यासको खपत घटाउने, दाउराको प्रयोग न्यूनीकरण गर्ने तथा समय बचत हुने बताए। विद्युतीय चुलोको प्रयोगले भान्सामा दाउरा बाल्दा उत्पन्न हुने धुवाँजन्य प्रदूषण कम गर्न सहयोग पुग्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। त्यसको प्रयोगबाट घरभित्रको वायु प्रदूषण घट्ने तथा खाना पकाउने कामलाई सहज, सफा र सुविधाजनक बनाउन मद्दत पुग्ने उनको भनाइ थियो। केन्द्रको मापदण्डअनुसार घरमा १५ एम्पियर क्षमताको विद्युत् जडान गरिएका परिवारलाई मात्रै चुलो वितरण गरिने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ। सोही मापदण्डका आधारमा आवेदन दिएका स्थानीयलाई चुलो वितरण गरिएको गाउँपालिकाको भनाइ छ। ग्रामीण क्षेत्रमा विद्युत् सेवाको पहुँच विस्तार भएसँगै विद्युतीय उपकरणको प्रयोग बढाउँदै स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने गाउँपालिकाले जनाएको छ।-रासस The post टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

चक्रवात ‘अर्नब’को प्रभाव: सरकारको उच्च सतर्कता, निकायलाई तयारी अवस्थामा रहन निर्देशन
१२ कात्तिक, काठमाडौं। चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई दृष्टिगत गर्दै सरकारले जोखिम न्यूनीकरण, जनधनको रक्षा र अत्यावश्यक सेवाहरूको चुस्त सञ्चालनका लागि मातहतका सम्पूर्ण निकायहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा राखेको छ। भारतको आन्ध्र प्रदेश र विशाखापटनम आसपास प्रभाव पार्ने अनुमान गरिएको यो चक्रवात नेपाल आइपुग्दासम्म कमजोर हुने आँकलन गरिएकाले अत्यधिक तीव्र हावाहुरीको जोखिम कम भए […] The post चक्रवात ‘अर्नब’को ...

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा चितवनका सेवाग्राही समस्यामा
चितवन जिल्लामा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा सीप परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाबाट सेवा लिन आउनेहरू मर्कामा परेका छन्। सर्वोच्च अदालतको आदेशले गत साउन १० गतेदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिँदा यहाँबाट सेवा लिने सेवाग्राही समस्यामा परेका हुन्। यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार अदालतले यहाँको एक निजी ट्रायल सेन्टरमा हुँदै आएको सेवामा रोक ...

राजर्षिजनक विश्वविद्यालयमा शैक्षिकदेखि प्रशासनिक सेवा डिजिटल प्रणालीमा लैजाने घोषणा
काठमाडौं । राजर्षिजनक विश्वविद्यालयले शैक्षिक, प्रशासनिक, परीक्षा तथा लेखासम्बन्धी सम्पूर्ण प्रणालीलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने घोषणा गरेको छ ।विश्वविद्यालय स्थापनाको नौ वर्ष पूरा गरी १० औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित नवौँ वार्षिकोत्सव समारोहमा विद्यार्थीलाई अनलाइन माध्यमबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सिकाइ व्यवस्थापन प्रणाली (एलएमएस) र एकीकृत डिजिटल नेटवर्क लागू गर्ने योजना सार्वजनिक गरिएको हो ।विश्वविद्यालयले डिजिटल ...

कोप–३१ मा पर्वतीय मुद्दा, जलवायु वित्त र जलवायु न्यायलाई प्राथमिकता दिन नेपालको जोड
१२ कात्तिक, काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असर न्यूनीकरण, पर्वतीय पारिस्थितिकीय प्रणालीको संरक्षण, जलवायु वित्तमा सहज पहुँच र जलवायु न्यायलाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रमुख प्राथमिकता बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय जलवायु सम्मेलन २०२६ लाई सम्बोधन गर्दै मन्त्री खनालले टर्किए (टर्की) को अन्तालियामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा […] The post कोप–३१ मा ...


