नेपाल प्रेसको न्यूजरुममै पसेर पूर्जीबिनै पत्रकार सुवेदी पक्राउ : समाचारको स्रोत खोजी

काठमाडौं, कात्तिक १३ । प्रहरीले अनलाइन मिडिया नेपाल प्रेसको कार्यलयभित्रै (न्यूजरुम) प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका नेपाल प्रेसका पत्रकार तथा प्रेस चाैतारी नपालका बरिष्ठ नेता विश्वमणी सुवेदीलाई शुक्रबार नियन्त्रणमा लिएको हो । नेपाल प्रेसले जनाएअजुसार पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए । प्रहरीको भ्यानमै आएका उनीहरुले गेटमा रहेका गार्डलाई साथी भेट्न आएको भनेर भित्र छिरेका हुन् । समाचार कक्षभित्र प्रवेश गरेर उनीहरुले पत्रकार सुवेदीलाई समाचारको विषयमा छलफल गर्नुपर्ने भएकाले आफूहरुसँग जान भनेका थिए । समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए । सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् । पत्रकार सुवेदीसँग नेपाल प्रेसले सम्पर्क गर्दा उनको फोन नउठेकाे जानकारी समाचारमार्फत दिइएकाे छ । प्रहरीले पनि केही बताएको छैन । प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई बिनापक्राउ पुर्जी नियन्त्रणमा लिएको हो । नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने बुझिएको छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

गगनको उदय र कांग्रेसको भविष्यबारे के भन्छिन् उपसभापति पुष्पा भुसाल ?
जेनजी आन्दोलनले नेपालको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्यायो । परम्परागत राजनीतिक नेतृत्वमाथि प्रश्न उठिरहेका बेला नेपाली कांग्रेसभित्र पनि नेतृत्व परिवर्तन भएको छ । गगन थापा सभापति बनेसँगै कांग्रेसको आगामी राजनीतिक दिशा, आन्तरिक एकता र पार्टी रूपान्तरणको विषय बहसको केन्द्रमा छ । तर, एउटा प्रश्न उठिरहेको छ- जेनजी आन्दोलन नभएको भए पनि गगन थापा नेपाली कांग्रेसको सभापति बन्न सक्थे ? नेपाली कांग्रेसकी नवनिर्वाचित ...
भर्जिनियामा भेडाको अनौठो चर्तिकला, समातिएपछि मालिक खोज्दै प्रहरी
अमेरिकाको भर्जिनिया राज्यमा एउटा भेडाले प्रहरीलाई नै हैरान बनाएको छ। आवासीय क्षेत्रमा एक्लै डुलिरहेको भेडालाई नियन्त्रणमा लिन प्रहरी परिचालन गर्नुपरेको हो। भेडा समातिए पनि त्यसको मालिक भने पत्ता लाग्न सकेको छैन। घटना बुधबार (२८ अक्टोबर) को हो। मनासस पार्कस्थित ब्लूम्स क्रसिङ समुदायको न्यान्सी स्ट्रिट आसपास एउटा भेडा खुला रूपमा डुलिरहेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। तर, भेडालाई नियन्त्रणमा लिने काम प्रहरीका ...

जनावर हेर्न गएकाहरू नै पिंजडामा छिर्नुपर्ने एम्स्टर्डमको अनौठो संग्रहालय
चिडियाखाना भन्नेबित्तिकै पिंजडाभित्र थुनिएका जनावर र बाहिरबाट तिनलाई नियालिरहेका मानिसको दृश्य सम्झना आउँछ । तर नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा एउटा यस्तो संग्रहालय छ, जहाँ ठीक उल्टो दृश्य देख्न पाइन्छ । यहाँ मानिसहरू पिंजडाभित्र पुग्छन् भने जनावरहरू बाहिर स्वतन्त्र देखिन्छन् । एम्स्टर्डमको ‘आर्ट जू म्युजियम’ले चिडियाखानाको परम्परागत अवधारणालाई उल्ट्याएर आगन्तुकलाई नौलो अनुभव दिइरहेको छ । यद्यपि यहाँ देखिने जनावर जीवित भने होइनन्। प्राकृतिक ...

