Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत

नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत

10/31/2026, 5:43:53 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल तरुण दलको अध्यक्षमा दिल लामा मनोनीत

नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कात्तिक १२ गतेको मितिमा लामालाई अध्यक्ष पदमा मनोनीत गरेको पत्रमार्फत जानकारी गराएको हो । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्ष पदमा मनोनीत गरिएको पत्रमा उल्लेख छ । त्यसैगरी, आगामी छ महिनाभित्र नेपाल तरुण दलको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वाससमेत पत्रमा व्यक्त गरिएको छ । मनोनीतसम्बन्धी पत्रमा १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको हस्ताक्षर रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध
OthersJust now

सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध

१४ कात्तिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक अवरुद्ध गरेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् । सुन्दरीजल हुँदै गोसाईकुण्ड, हेलम्बुजस्ता गनतव्यहरूमा सहजै जान सकिने मोटर बाटो एक हप्तादेखि आयोजनाले रोक्दा आवागमनमा समस्या भएको स्थानीयवासी सुशील सिम्खडाले राससलाई जानकारी दिए । सुन्दरीजलस्थित महाँकाल खण्डमा संरचना बनाउन भनी मेलम्ची खानेपानी आयोजनाले सडक… ...

अनलाइन खबर
बर्दीमै किन आची गर्या आइजीसा’प ?
OthersJust now

बर्दीमै किन आची गर्या आइजीसा’प ?

प्रेस स्वतन्त्रतामाथि प्रहरीको हस्तक्षेप कुनै एउटा पत्रकारमाथिको धरपकड मात्र होइन, समग्र लोकतान्त्रिक व्यवस्थाकै लागि गम्भीर चुनौती हो। यो संविधानमाथि हाकाहाकी गरिएको बर्दीधारी दादागिरी हो, जुन क्षम्य हुन सक्दैन गणेश बस्नेत शुक्रबार नेपालको पत्रकारिता जगत् स्तब्ध भयो । समाचार लेख्ने पत्रकारलाई समाचार कक्षबाटै प्रहरीले धमाधम पक्राउ गर्यो । दिउँसो सबैभन्दा पहिले प्रहरी नेपाल प्रेसको कार्यालय पुग्यो अनि अपराध बिटमा समाचार लेख्ने स्थापित पत्रकार ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play