Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल ९क्यान०का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे । यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन
ताजा खबरJust now

भारतबाट बिस्कुट प्रियागोल्ड आयातमा रोक, बजारबाट सबै बिस्कुट फिर्ता गर्न निर्देशन

भारतमा उत्पादित प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा नेपाल सरकारले रोक लगाएको छ। भारतमा सूर्या फुड एन्ड एग्रो लिमिटेडले उत्पादन गरेर नेपाली बजारमा समेत उल्लेख्य मात्रामा आयात र बिक्री वितरण भइरहेको प्रियागोल्डका विस्कुटहरूलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयात र बिक्रीमा रोक लगाएको हो।  भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई)ले अ... ...

नेपालखबर
देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु
ताजा खबरJust now

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी ...

केन्द्रबिन्दु
बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन
ताजा खबरJust now

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी – सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका ३ वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडकको फापरखेत खण्डमा वैकल्पिक मार्ग प्रयोग गरी सडक सञ्चालन भएको छ । बेनी–नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा शनिबार अपराह्नदेखि सुरु भएको पहिरो नरोकिएपछि मङ्गला गाउँपालिकाले पखेर–बरञ्जा–ज्यामिरे–सातबिसे–बाबियाचौरको सडक प्रयोग गरी यातायात सञ्चालन गरिएको हो […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play