देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका छुट्टाछुट्टै दुर्घटनाहरूमा उनीहरूको ज्यान गएको हो। सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित सडकमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना हुँदा खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। उक्त दुर्घटनामा परी घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा तथा अन्य दुई जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। त्यस्तै, सुनसरीको इनरूवा नगरपालिका-४ बसचोकस्थित सडकमा लु २ ख ६९१२ नम्बरको ट्रकले को २५ प २७४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ बबियाकी ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका-५ भोर्लेस्थित सडकमा प्र १-०५-००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा ०१–००६ ख ६८४४ नम्बरको इभी गाडी एकआपसमा ठोक्किँदा सोही ठाउँका ३० वर्षीय मोटरसाइकल चालक सुमन श्रेष्ठको ज्यान गएको छ। धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलस्थित सडकमा ज ११ प ३०५८ र म प्र ०२-००९ प ११५७ नम्बरका दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ भने उक्त दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैगरी मोरङको सुनवर्षी नगरपालिका–५ झुङगी टोलमा बीआर ३८ एच ३५०४ र प्र १-०२-०४५ प ८९६६ नम्बरका मोटरसाइकल आपसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। रौतहटको मौलापुर नगरपालिका-२ मर्यादपुरमा बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा फतुवा विजयपुर नगरपालिका-२ शीतलपुरकी ७० वर्षीया सोमरियादेवी ठाकुरको ज्यान गएको छ। रोल्पाको माडी गाउँपालिका-१ चालाङ भिरमा घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२-००१ ह १९४७ नम्बरको अटो दुर्घटना हुँदा त्यसमा सवार सोही गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारीको पनि मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

स्ट्रोकको जोखिम पहिचान गर्न अष्ट्रेलियाली अनुसन्धानकर्ताद्वारा एआई उपकरण विकास
मेलबर्न । अस्ट्रेलियाका अनुसन्धानकर्ताले डीएनए विश्लेषणमार्फत स्ट्रोकको आनुवंशिक जोखिम पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमत्ता (एआई) उपकरण विकास गरेका छन् । यसले व्यक्तिअनुसार स्ट्रोकको जोखिम मूल्याङ्कन गर्न र रोकथामका उपायलाई थप... ...

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात जना घाइते
नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन्। आइतबार दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र... ...

एनपीएलका सात टोलीको लोगो अंकित एक्स्ट्रीमको विशेष क्यान
कम्पनीले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ माध्यमका रूपमा स्पेसल एडिसन क्यान बजारमा ल्याएको जनाएको छ । ...



