नेपाल टेलिकम एनपिएल ३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे ।
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकहरू झैं आधुनिक ...

गुगलले जो कोहीलाई पनि प्ले स्टोरमा नि:शुल्क एप प्रकाशित गर्न दिने
गुगलले १८ वर्षभन्दा माथिका जो कोहीलाई पनि कुनै सशुल्क विकासकर्ता खाता बिनानै गुगल खाता भएकोलाई आफ्नो एआई स्टुडियोमा निर्मित निजी रूपमा सूचीबद्ध एन्ड्रोइड एप्स प्रकाशित गर्न दिने भएको छ। एप्पलले यस वर्ष उही प्रकारको सफ्टवेयर विरुद्ध आफ्नै स्टोरलाई कडाइका साथ नियमन गरेको छ। गुगलले १८ वर्षभन्दा माथिका जो कोहीलाई पनि गुगल खाता भएकोले प्ले स्टोरमा एन्ड्रोइड एप प्रकाशित गर्न दिनेछ। किन्नको ...

जापानले मंगल ग्रहको चन्द्रमामा ऐतिहासिक ‘आउने-जाने’ मिसन सुरु गर्ने, सतहबाट सामग्री सङ्कलन गर्ने
जापानी वैज्ञानिकहरूले मंगल ग्रहको चन्द्रमामा एउटा अभियान तयार गरिरहेका छन् जसले सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको अस्तित्व पत्ता लगाउन मद्दत गर्न सक्ने नमूनाहरू प्राप्त गर्न सक्छ, जुन मंगल ग्रह क्षेत्रको पहिलो राउन्ड ट्रिप हो। अमेरिकी र युरोपेली अन्तरिक्ष एजेन्सीहरूका साथै धेरै विश्वविद्यालयहरू र प्राविधिक कम्पनीहरूसँगको सहकार्यमा मानवरहित मार्टियन मुन्स एक्सप्लोरेशन (एमएमएक्स) प्रोबले अन्ततः मानव अन्वेषणको लागि आधार तयार पार्न पनि मद्दत ...


