Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमति प्राप्त स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकहरू झैं आधुनिक डिजिटल भुक्तानी सेवा तथा कार्ड सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन्। एससीटीद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तरराष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीका सुविधाहरू प्रदान गर्नेछ। कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिले यस ऐतिहासिक सहकार्यले नेपालको ग्रामीण तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्। लघुवित्त क्षेत्रमा परम्परागत डिजिटल माध्यमहरूमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई चिर्दै, डिप्रोक्स लघुवित्तले कार्ड सेवाको सुरुवात गर्नु समग्र वित्तीय समावेशीकरण तथा आधुनिक फिनटेक इकोसिस्टमको विकासका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको जारी विज्ञप्तिमा उल्लेख छ। The post डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था, एससीटी कार्डमार्फत डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

नेपाल टेलिकम एनपिएल ३ को ‘अफिसियल पार्टनर’
प्रविधिJust now

नेपाल टेलिकम एनपिएल ३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ । टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।त्यस अवसरमा प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको ...

आइसिटी समाचार
गुगलले जो कोहीलाई पनि प्ले स्टोरमा नि:शुल्क एप प्रकाशित गर्न दिने
प्रविधिJust now

गुगलले जो कोहीलाई पनि प्ले स्टोरमा नि:शुल्क एप प्रकाशित गर्न दिने

गुगलले १८ वर्षभन्दा माथिका जो कोहीलाई पनि कुनै सशुल्क विकासकर्ता खाता बिनानै गुगल खाता भएकोलाई आफ्नो एआई स्टुडियोमा निर्मित निजी रूपमा सूचीबद्ध एन्ड्रोइड एप्स प्रकाशित गर्न दिने भएको छ। एप्पलले यस वर्ष उही प्रकारको सफ्टवेयर विरुद्ध आफ्नै स्टोरलाई कडाइका साथ नियमन गरेको छ। गुगलले १८ वर्षभन्दा माथिका जो कोहीलाई पनि गुगल खाता भएकोले प्ले स्टोरमा एन्ड्रोइड एप प्रकाशित गर्न दिनेछ। किन्नको ...

टेक्नोलोजी खबर
जापानले मंगल ग्रहको चन्द्रमामा ऐतिहासिक ‘आउने-जाने’ मिसन सुरु गर्ने, सतहबाट सामग्री सङ्कलन गर्ने
प्रविधिJust now

जापानले मंगल ग्रहको चन्द्रमामा ऐतिहासिक ‘आउने-जाने’ मिसन सुरु गर्ने, सतहबाट सामग्री सङ्कलन गर्ने

जापानी वैज्ञानिकहरूले मंगल ग्रहको चन्द्रमामा एउटा अभियान तयार गरिरहेका छन् जसले सौर्यमण्डलको उत्पत्ति र पृथ्वीमा जीवनको अस्तित्व पत्ता लगाउन मद्दत गर्न सक्ने नमूनाहरू प्राप्त गर्न सक्छ, जुन मंगल ग्रह क्षेत्रको पहिलो राउन्ड ट्रिप हो। अमेरिकी र युरोपेली अन्तरिक्ष एजेन्सीहरूका साथै धेरै विश्वविद्यालयहरू र प्राविधिक कम्पनीहरूसँगको सहकार्यमा मानवरहित मार्टियन मुन्स एक्सप्लोरेशन (एमएमएक्स) प्रोबले अन्ततः मानव अन्वेषणको लागि आधार तयार पार्न पनि मद्दत ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play