Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाली प्रयोगकर्ताका लागि तयार गरिएको नेपा एपको नयाँ अपडेटमा दैनिक जीवनलाई सहज बनाउने उदेश्यले विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स थपिएका छन्। फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर, नियमित रूपमा पानी पिउन सम्झाउने वाटर रिमाइन्डर, जिल्लागत मौसम, तरकारीको मूल्य, इन्धनको मूल्य, अस्पतालमा उपलब्ध फ्री खाली बेड तथा ब्लड बैंकसम्बन्धी जानकारी लगायतका सुविधा थप भएका हुन्। नयाँ अपडेटमा विशेषगरी नेपाली भाषामा डिजिटल काम गर्न उपयोगी हुने ओसीआर र स्वास्थ्य तथा दैनिक जीवनसँग सम्बन्धित वाटर रिमाइन्डरलाई प्राथमिकताका साथ समेटिएको छ। फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर सुविधा नयाँ अपडेटको आकर्षक सुविधा बनेको छ। यस सुविधामार्फत फोटो वा तस्बिरमा रहेका नेपाली अक्षर तथा शब्दलाई डिजिटल टेक्स्टमा रूपान्तरण गर्न सकिने छ। नयाँ अपडेटमा समावेश गरिएको अर्को सुविधा वाटर रिमाइन्डर हो। यसले निर्धारित समयमा पानी पिउन सम्झाउन सहयोग गर्छ। नयाँ अपडेटमा वर्ल्ड क्लक र बीएमआई क्याल्कुलेटर पनि समावेश गरिएका छन्। जसबाट विभिन्न देश तथा सहरको स्थानीय समय हेर्न सकिन्छ। त्यस्तै, बीएमआई क्याल्कुलेटरले उचाइ र तौलका आधारमा शरीरको बडी मास इन्डेक्स गणना गर्न सहयोग गर्छ। स्वास्थ्य तथा सार्वजनिक सेवासँग सम्बन्धित सुविधालाई विस्तार गर्दै नेपा एपको नयाँ अपडेटमा अस्पतालमा उपलब्ध फ्री खाली बेडको सूची र अस्पतालअनुसार ब्लड बैंकको सूची पनि समावेश गरिएको छ। कम्पनीका अनुसार, सरकारी सूचना तथा अवसरमा चासो राख्ने प्रयोगकर्ताका लागि नयाँ अपडेटमा लोकसेवा आयोगका सूचना र टेन्डरसम्बन्धी सूचना पनि समावेश गरिएका छन्। यसले लोकसेवा तयारी गरिरहेका विद्यार्थी, सरकारी अवसर खोजिरहेका व्यक्ति तथा टेन्डरसम्बन्धी जानकारी आवश्यक पर्ने व्यवसायीलाई उपयोगी हुन सक्छ। नयाँ अपडेटमा पेट्रोल तथा डिजेलको मूल्यसम्बन्धी जानकारीसँगै ट्रिप क्याल्कुलेटर पनि थपिएको छ। ट्रिप क्याल्कुलेटरमार्फत यात्राको दूरी तथा सवारीसाधनको इन्धन खपतका आधारमा यात्रामा लाग्न सक्ने इन्धन खर्चको अनुमान गर्न सकिन्छ। दैनिक बजारसँग सम्बन्धित जानकारीलाई सहज बनाउने उद्देश्यले एपमा तरकारीको मूल्य हेर्न सकिने सुविधा थपिएको छ। त्यसैगरी जिल्लागत मौसम सुविधामार्फत विभिन्न जिल्लाको मौसमसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ। यसले आफ्नो जिल्ला वा अन्य स्थानको मौसमबारे जानकारी लिन चाहने प्रयोगकर्तालाई सहज बनाउने कम्पनीले विश्वास लिएको छ। नेपा एपमा यसअघि नै नेपाली पात्रो, नेपाली समाचार, जिल्लागत समाचार, नजिकका समाचार, नेपाली रेडियो, दैनिक राशिफल, सुनको मूल्य, सुनको मूल्य कन्भर्टर, विदेशी मुद्रा विनिमय दर, मुद्रा कन्भर्टर, डकुमेन्ट स्क्यानर, महिनावारी ट्र्याकर, नोट तथा रिमाइन्डर, क्यूआर कोड स्क्यानर, नेपाली मिति कन्भर्टर, युनिट कन्भर्टर, क्याल्कुलेटर, कर क्याल्कुलेटर, ईएमआई क्याल्कुलेटर, जीपीएस लोकेसन सेयरिङ र इन्टरनेट स्पिड मिटरजस्ता सुविधाहरू उपलब्ध छन्। The post नेपा एपको नयाँ अपडेट सार्वजनिक भएसँगै विभिन्न नयाँ डिजिटल सेवा तथा उपयोगी टुल्स सुविधामा थप appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन
TechnologyJust now

एन्थ्रोपिकले भिडियो गेमको नक्कल बनाउने काममा रोक लगाउन क्लोडमा गर्‍यो परिवर्तन

एन्थ्रोपिकले अब आफ्नो एआई सेवा क्लोड प्रयोगकर्तालाई आफूलाई मनपर्ने विद्यमान भिडियो गेमको नक्कल बनाउन अनुमति नदिने भएको छ। एक्सका एक प्रयोगकर्ताले पहिलो पटक पत्ता लगाएअनुसार एन्थ्रोपिकले क्लोडको कोडमा नयाँ निर्देशन थपेको छ। नयाँ निर्देशनमा भनिएको छ, “मौलिक गेम, कुनै विधामा आधारित गेम तथा प्रयोगकर्ताकै डिजाइन र सामग्री प्रयोग गरेर गेम बनाउन सकिन्छ। तर नाम परिवर्तन गरेर वा मौलिक गेम भन्दैमा पनि ...

टेक्नोलोजी खबर
जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब
TechnologyJust now

जीमेलमा अनावश्यक ईमेलबाट हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् ब्लक र अनसब्स्क्राइब

काठमाडौं । दैनिक प्रयोग हुने जीमेलमा विभिन्न व्यक्ति, संस्था तथा अनलाइन प्लेटफर्मबाट ईमेल प्राप्त हुनु सामान्य हो । आवश्यक जानकारीसँगै कतिपय अवस्थामा विज्ञापन, प्रमोसन तथा अन्य अनावश्यक सन्देशले इनबक्स भरिने गर्छन् । यस्ता ईमेलले महत्वपूर्ण सन्देश छुट्ने र इनबक्स व्यवस्थापन गर्नसमेत झन्झट हुने गर्छ । तर, जीमेलमा उपलब्ध केही सुविधाको प्रयोग गरेर यस्ता अनावश्यक ईमेलबाट छुटकारा पाउन सकिन्छ ।जीमेलले कुनै ...

आइसिटी समाचार
टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु
TechnologyJust now

टाटा गुरुहरूको दक्षता अभिवृद्धि गर्न सिप्रदीको ६ दिने BS-6 तालिम सुरु

काठमाडौं । नेपालका लागि TATA Genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा. लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्ति (टाटा गुरु) को सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा BS-6 तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ ।कार्तिक १५ गतेदेखि सुरु भएको उक्त ६ दिने प्रशिक्षण कार्यक्रम आगामी कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । ...

आइसिटी समाचार
अमेरिकाले भियतनाममाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा टेस्ला र सामसङको विरोध
TechnologyJust now

अमेरिकाले भियतनाममाथि नयाँ भन्सार शुल्क लगाउने विषयमा टेस्ला र सामसङको विरोध

यसै महिना भियतनामबाट आयात हुने वस्तुमा अमेरिकाले नयाँ भन्सार शुल्क लगाउने प्रस्ताव गर्नुपर्ने वा नपर्ने विषयमा विभिन्न व्यवसायीबीच मतभेद देखिएको छ। अमेरिकी सरकारसमक्ष बुझाइएका प्रतिक्रियाअनुसार टेस्ला र सामसङले नयाँ शुल्क लगाउने प्रस्तावको समर्थन गरेका छैनन् भने केही अन्य कम्पनी तथा उद्योग समूहले भने शुल्क लगाउन माग गरेका छन्। भियतनामले बौद्धिक सम्पत्ति अधिकार उल्लंघन गरेको आरोपबारे गत मे महिनामा सुरु गरिएको व्यापार अनुसन्धान ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play