नेतान्याहुविरुद्ध विपक्षी दलको मोर्चा

जेरुसेलम। इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सत्ताबाट हटाउने लक्ष्यसहित केन्द्र-दक्षिणपन्थीदेखि वामपन्थीसम्मका विपक्षी दलहरू एकजुट भएका छन्। ‘चेन्ज ब्लक’ मा आबद्ध दलहरूले नेतान्याहु र उनका अतिदक्षिणपन्थी सहयोगीलाई पराजित गर्न गठबन्धन बनाउने प्रतिबद्धता जनाएका छन्। अरब पार्टीले पनि सहभागी हुने इच्छा देखाएको छ, तर अन्य दलले त्यसबारे स्पष्ट धारणा दिएका छैनन्। पूर्वसेना प्रमुख गदी आइसेनकोट, पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट, यायर लापिड, एभिग्डोर लिबरम्यान, यायर गोलन र अरब पार्टीका नेता मन्सुर अब्बास नेतान्याहुविरोधी मोर्चाका प्रमुख व्यक्तित्व छन्। छैसठ्ठी वर्षीय आइसेनकोट गाजा युद्धमा छोरा र दुई भतिजा गुमाएपछि सार्वजनिक सहानुभूति पाएको नेता छन्। उनले प्यालेस्टिनी राज्य स्थापनाको विरोध र गाजामा हमासको शासन अन्त्य गर्ने धारणा राखेका छन्। सन् २०२४ मा नेतान्याहुको युद्ध मन्त्रिपरिषद्बाट राजीनामा दिएका उनले अर्को वर्ष आफ्नै ‘याशर’ पार्टी स्थापना गरेका थिए। चौवन्न वर्षीय बेनेटले सन् २०२१ मा अरब पार्टीको समर्थनसहित विविध दलको गठबन्धन बनाएर नेतान्याहुको लगातार १२ वर्षको शासन अन्त्य गरेका थिए। उनको सरकार भने एक वर्षमै ढलेको थियो। दक्षिणपन्थी मतदातालाई आकर्षित गर्ने प्रयासमा रहेका बेनेटले नेतान्याहुलाई विपक्षी गठबन्धनको सरकारमा समावेश गर्न सकिने धारणा पनि राखेका छन्। पूर्वपत्रकार तथा पूर्वप्रधानमन्त्री ६२ वर्षीय यायर लापिड मध्यमार्गी येश अटिड पार्टीका नेता छन्। उनले अर्थ र विदेशमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। नेतान्याहुको आलोचक लापिडलाई आफ्नो परम्परागत सहरी तथा धर्मनिरपेक्ष मतदाताभन्दा बाहिर समर्थन विस्तार गर्न चुनौती रहेको बताइन्छ। धर्मनिरपेक्ष राष्ट्रवादी नेता एभिग्डोर लिबरम्यान कुनै समय नेतान्याहुका निकट सहयोगी थिए। अहिले उनले प्रधानमन्त्रीको सुरक्षा नीतिको आलोचना गर्दै आएका छन्। उनले विदेश, रक्षा र अर्थ मन्त्रालयको नेतृत्व गरिसकेका छन्। यायर गोलन नेतृत्वको ‘द डेमोक्रेट्स’ पार्टीले परम्परागत वामपन्थी धारको प्रतिनिधित्व गर्छ। गोलनले प्यालेस्टिनीहरूसँग दुई राज्य समाधानको समर्थन गर्नुका साथै समलिङ्गी विवाहलाई मान्यता दिन र यहुदी विश्रामदिनमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने धारणा राखेका छन्। अरब समुदायको प्रतिनिधित्व गर्ने मन्सुर अब्बासको पार्टी सन् २०२१ मा बेनेट नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने पहिलो अरब पार्टी बनेको थियो। इजरायलको जनसङ्ख्यामा अरब समुदायको हिस्सा करिब २० प्रतिशत छ। अब्बासको समर्थन विपक्षी गठबन्धनका लागि निर्णायक हुन सक्ने बताइएको छ। नेतान्याहुले भने उनीसँग सहकार्य गर्ने विपक्षी नेताहरूको आलोचना गर्दै आएका छन्। समर्थन विस्तार गर्न अब्बासले इजरायली यहुदी तथा पूर्वप्रहरी अधिकारी योव सेगालोभिट्जलाई आफ्नो पार्टीबाट उम्मेदवार बनाएको बताएका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

हिमाली संकटमा सँधियारहरूको हातेमालो
एउटै नाजुक पारिस्थितिक क्षेत्रका छिमेकीका रूपमा चीन र नेपालले हिमालयका राम्रा–नराम्रा दुवैखाले प्रभाव साझा गर्ने भएकाले विपद् अनुकूलन पनि मिलेरै गर्नुपर्छ। ...

आक्रमण रोक्न हुथीलाई ९५ अर्ब दिने साउदीको प्रस्ताव, पाकिस्तान र टर्कीको उपस्थितिमा मध्यस्थता गर्दै इरान !
रियाद- यमनका हुथी विद्रोहीसँग जारी तनाव अन्त्य गर्न साउदी अरबले उनीहरूलाई करिब ९५ अर्ब नेपाली रुपैयाँ आर्थिक सहायता दिने प्रस्ताव गरेको रिपोर्ट सार्वजनिक भएको छ। इजरायली सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फर्स्ट पोस्टसहितले साउदी अरब र हुथीबीच सम्भावित सहमतिका लागि इरानले मध्यस्थता गरिरहेको जनाएका छन्। त्यसक्रममा आक्रमण रोक्ने सर्तमा उक्त परिमाणको रकम प्रस्ताव गरिएको […] ...

राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘नौ डाँडा काटेर’ घोषणा
निर्देशक राजु श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘नौ डाँडा काटेर’ बन्ने भएको छ। हाल छायांकनको अन्तिम चरणमा रहेको फिल्म ‘कंगाल करोडपति’ का निर्देशक श्रेष्ठले कोजाग्रत पूर्णिमाको अवसर पारेर नयाँ फिल्मको घोषणा गरेका हुन्। निर्देशक श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ निर्देशकीय फिल्मको घोषणा गरेका हुन्। सिनेमा पाठशालाको ब्यानर... ...
_4QQ0n2ZBQz.jpg)
गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता
काठमाडौँ । नेपालले गाभी, द भ्याक्सिन एलाइन्सबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको सहायता प्राप्त गर्ने भएको छ। यसैगरी,... ...


