नार्कले खुमलटारका कर्मचारी आवास गृह खाली गराउन दियो निर्देशन

काठमाडौं। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले ललितपुरको खुमलटारस्थित आफ्ना कार्यालयहरूमा रहेका कर्मचारी आवास गृहहरूको व्यवस्थापन प्रक्रिया अघि बढाएको छ। परिषद्ले मातहतका कार्यालयहरूलाई आवास गृहको विवरण संकलन गर्न र अनधिकृत रूपमा प्रयोग भइरहेका आवास ३५ दिनभित्र खाली गराउन निर्देशन दिएको छ। परिषद्को व्यवस्थापन बैठकले कात्तिक ११ गते गरेको निर्णयअनुसार यस्तो निर्देशन जारी गरिएको हो। परिषद्का कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा हाल आवास गृह प्रयोग गरिरहेका कर्मचारीको नाम, पद र तहसहितको विवरण तीन दिनभित्र उपलब्ध गराउन भनिएको छ। परिषद्ले आवास गृहको प्रयोगसम्बन्धी विवरण अद्यावधिक गर्दै अनधिकृत प्रयोग नियन्त्रणका लागि आवश्यक कारबाही अघि बढाउन सम्बन्धित कार्यालयहरूलाई पत्राचार गरेको छ। आवास गृहको प्रयोगकर्ताको विवरण संकलन गर्ने र अनधिकृत रूपमा रहेका आवास खाली गराउने जिम्मेवारी सम्बन्धित कार्यालयलाई नै दिइएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर
कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्। ...

प्रहरी नेतृत्वबारेका भ्रामक हल्लाप्रति मुख्यालयको गम्भीर ध्यानाकर्षण
गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १२ गते । प्रहरी नेतृत्वबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलिएका भ्रामक हल्लाप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको ज... ...

हसिना भागेको भिडिओ खिचेका वायुसेना अधिकारीको रहस्यमय मृत्यु
बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेका बेला भिडिओ रेकर्ड गरेका तत्कालीन वायुसेना अधिकारी केएम तौसिफ सौरी मृत फेला परेका छन्। उनको शव बिहीबार ढाकाको तुराग नदीमा भेटिएको हो। २८ वर्षीय फ्लाइट लेफ्टिनेन्ट सौरी अक्टोबर २७ देखि बेपत्ता थिए। पीडित परिवारले हसिनाको भिडिओ सार्वजनिक गरेका कारण उनको हत्या गरिएको आरोप लग... ...

कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो ...


