कर्णालीको दोस्रो जित, विराटनगर ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान सोमपाल कामीको उत्कृष्ट अलराउन्ड प्रदर्शनको मद्दतले कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको रोमाञ्चक जित रेकर्ड गरेको छ । विराटनगरले प्रस्तुत गरेको १ सय ८७ रनको विशाल लक्ष्य कर्णालीले अन्तिम ओभरको पाँचौँ बलमा ६ विकेट गुमाएर पूरा ग¥यो । यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ भने विराटनगरले लगातार दोस्रो हार व्यहोरेको छ । १ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको कर्णालीको सुरुआत निकै खराब रहेको थियो । ओपनर मार्क वाट १ रनमै आउट भए भने अरिफुल इस्लामले १२ बलमा ३२ रन (३ चौका र ३ छक्का) बनाएर आक्रामक सुरुआत दिलाउने प्रयास गरे । तर, हुसैन तालत खाता नखोली आउट हुनुका साथै दीपक डुम्रे २० रन र अकबर अली १ रनमा आउट भएपछि कर्णाली ५७ रन जोड्दा ५ विकेट गुमाएर निकै दबाबमा परेको थियो । त्यस्तो संकटपूर्ण अवस्थामा कप्तान सोमपाल कामी र पवन सर्राफले छैटौँ विकेटका लागि ६६ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई खेलमा फर्काए । पवनले २८ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३६ रन बनाएर प्रतिश जिसीको बलमा आउट भए । पवन आउट भएपछि क्रिजमा आएका गुल्सन झासँग मिलेर कप्तान सोमपाल कामीले सातौँ विकेटका लागि ६४ रनको अविजित साझेदारी गर्दै कर्णालीको जित सुनिश्चित गरे । सोमपालले ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले २७ बलमै आफ्नो अर्धशतक पूरा गरेका थिए । अर्कोतर्फ गुल्सन झाले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै अविजित २८ रन जोडे । अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक भएको अवस्थामा विराटनगरका कप्तान सन्दीप लामिछानेको बलिङमा अन्तिम दुई बलमा २ रन चाहिएको बेला विकेटकिपर लोकेश बमले मिसफिल्ड गरेपछि सोमपाल र गुल्सनले थप १ रन दौडिएर जित दिलाए । विराटनगरका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले समान १–१ विकेट हात पारे । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रनको विशाल योगफल तयार पारेको थियो । विराटनगरका लागि ओपनर लोकेश बमले ५२ बलमा ३ चौका र ९ छक्का प्रहार गर्दै सर्वाधिक ८७ रनको विष्फोटक पारी खेलेका थिए । १ रन र ४ रनमा जीवनदान पाएका लोकेशलाई १५.५ ओभरमा सोमपाल कामीले आफ्नै बलमा क्याच आउट गराएका थिए । विराटनगरका लागि लोकेश र एन्जेलो म्याथ्युजबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो । म्याथ्युजले २३ बलमा ४ चौका प्रहार गर्दै ३१ रन बनाए । त्यस्तै, वेस्ट इन्डिजका आन्द्रे रसेलले १५ बलमा ३ चौका र २ छक्कासहित २७ रन जोडेका थिए । कर्णालीका लागि कप्तान सोमपाल कामीले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडनसहित ३३ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यसबाहेक मार्क वाट र नन्दन यादवले १–१ विकेट हात पारेका थिए । प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको कर्णालीले यसअघि आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । यता पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको विराटनगरले भने लगातार दोस्रो हार व्यहोरेको छ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News

त्रिशूली–बेत्रावती सडक भासियो, यातायात ठप्प
लगातार वर्षाले खसेको पहिरोका कारण नुवाकोटको त्रिशूली–बेत्रावती सडक अवरुद्ध भएको छ। बेत्रावतीस्थित अगिटार क्षेत्रमा पहिरोले सडकको ठुलो भाग नदी किनारतर्फ भासिएपछि यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो। लगातार झरीका कारण जमिन कमजोर बनेपछि सडकको ठुलो हिस्सा भासिएर नदीतर्फ खसेको छ। सडक नै भासिएपछि उक्त खण्डमा सवारीसाधन आवतजावत गर्न नसक्ने अ... ...

प्रतिदान (कविता)
घोकेर सिक्न सकिने गणितको सहज सूत्र होइन यो प्रेम ।रुखले प्राणवायु दिए झैँ आमाले नित्य छर्नुभयो मभित्र प्रेमको किरणर, प्रतिदानमा मैले संसारलाई प्रेम गरिरहेँ ।टप्प टिप्न सकिनेबाटोमुन... ...

मस्तिष्कघातमा ढिलाइको मूल्य
बोल्दाबोल्दै अचानक बोली लरबराउन थाल्यो। हिँड्दाहिँड्दै शरीरको एक भाग कमजोर भयो। अनुहार एकातिर बाङ्गियो वा आँखाको दृष्टि धमिलो भयो। यस्तो अवस्थामा सामान्य कमजोरी होला भनेर बेवास्ता गर्दा मानिसको जीवन नै जोखिममा पर्न सक्छ। किनकि यी मस्तिष्कघात अर्थात् ‘स्ट्रोक’ का संकेत हुन सक्छन्। मस्तिष्कघातले केही मिनेटअघिसम्म सामान्य अवस्थामा रहेको मानिसको जीवन अचानक बदल्न सक्छ। उपचारमा भएको ढिलाइले मस्तिष्कमा स्थायी क्षति पुग्न सक्छ। ...

माटोको सुवास (कविता)
आमाले कोदो रोप्दारोप्दैआमाको न्यानो गर्भले रमाना दिएपछिहाजिर भएकी हुँ यस सुन्दर धर्तीमास्पर्श गर्न पाएकी हुँ माटोको स्वाद !माटोसँगै बसेको हो पहिलो प्रेममाटोमै लागेको हो जीवनको सुन्... ...


