Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/मस्तिष्कघातमा ढिलाइको मूल्य

मस्तिष्कघातमा ढिलाइको मूल्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
मस्तिष्कघातमा ढिलाइको मूल्य

बोल्दाबोल्दै अचानक बोली लरबराउन थाल्यो। हिँड्दाहिँड्दै शरीरको एक भाग कमजोर भयो। अनुहार एकातिर बाङ्गियो वा आँखाको दृष्टि धमिलो भयो। यस्तो अवस्थामा सामान्य कमजोरी होला भनेर बेवास्ता गर्दा मानिसको जीवन नै जोखिममा पर्न सक्छ। किनकि यी मस्तिष्कघात अर्थात् ‘स्ट्रोक’ का संकेत हुन सक्छन्। मस्तिष्कघातले केही मिनेटअघिसम्म सामान्य अवस्थामा रहेको मानिसको जीवन अचानक बदल्न सक्छ। उपचारमा भएको ढिलाइले मस्तिष्कमा स्थायी क्षति पुग्न सक्छ। कतिपय बिरामीको ज्यान जोगिए पनि पहिलेको जस्तो जीवन बिताउन सक्ने अवस्था रहँदैन। नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष डा. राजु पौडेलका अनुसार नेपालमा मस्तिष्कघातको अवस्था चिन्ताजनक छ। उनी भन्छन्, “नेपालमा हरेक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुन्छ। प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस प्रभावित हुन्छन्। मस्तिष्कघात भएकामध्ये १५ देखि २० प्रतिशतले अकालमै ज्यान गुमाउँछन्।” ज्यान जोगिएका कतिपय बिरामीले पनि लामो समयसम्म उपचार र अरूको सहारा लिनुपर्ने हुन्छ। यसले बिरामीको स्वास्थ्यसँगै परिवारको दैनिक जीवन, आम्दानी र हेरचाहको जिम्मेवारीमा समेत असर पुर्‍याउँछ। मस्तिष्कभित्र के हुन्छ? मानिसको शरीरका अधिकांश गतिविधि मस्तिष्कले नियन्त्रण गर्छ। बोल्ने, सोच्ने, सम्झने, हिँड्ने र हातखुट्टा चलाउनेदेखि शरीरका विभिन्न अंगको काम सञ्चालन गर्ने जिम्मेवारी मस्तिष्ककै हुन्छ। यी गतिविधि नियमित रूपमा सञ्चालन हुन मस्तिष्कमा पर्याप्त रगत र अक्सिजन पुगिरहनुपर्छ। रक्तनली फुटेको अवस्थामा भने मस्तिष्कभित्र रगत जम्मा भएर वरपरका तन्तुमा दबाब पर्छ। दुवै अवस्थाले मस्तिष्कको काम प्रभावित पार्छन्। मस्तिष्कमा रगत पुर्‍याउने रक्तनलीमा अवरोध आएमा वा रक्तनली फुटेर रक्तस्राव भएमा मस्तिष्कघात हुन्छ। रक्तप्रवाह बन्द हुँदा मस्तिष्कका कोषिकाले अक्सिजन र पोषक तत्त्व पाउन छाड्छन्। रक्तनली फुटेको अवस्थामा भने मस्तिष्कभित्र रगत जम्मा भएर वरपरका तन्तुमा दबाब पर्छ। दुवै अवस्थाले मस्तिष्कको काम प्रभावित पार्छन्। चिकित्सकीय रूपमा मस्तिष्कघात मुख्यतः दुई प्रकारका हुन्छन्। रक्तनलीमा रगतको ढिक्का जमेर रक्तप्रवाह बन्द हुने अवस्थालाई ‘इस्केमिक स्ट्रोक’ भनिन्छ। रक्तनली फुटेर मस्तिष्कभित्र रक्तस्राव हुने अवस्था ‘हेमोरेजिक स्ट्रोक’ हो। यी दुई प्रकारका मस्तिष्कघातको उपचार फरक हुने भएकाले बिरामीलाई कुन समस्या भएको हो भन्ने परीक्षणबाट पहिचान गर्नुपर्छ। शरीरले दिने चेतावनी मस्तिष्कघातका लक्षण प्रायः अचानक देखिन्छन्। अनुहारको एक भाग बाङ्गिनु, शरीरको एकातिरको हात वा खुट्टा कमजोर हुनु अथवा नचल्नु यसका प्रमुख संकेत हुन्। बोल्दा बोली लरबराउनु, बोल्न नसक्नु वा अरूले बोलेको कुरा बुझ्न कठिन हुनु पनि मस्तिष्कघातका लक्षण हुन सक्छन्। बिरामीको अवस्था तत्काल मूल्याङ्कन गरेर उपचार सुरु गर्नु आवश्यक हुन्छ। उपचारमा ढिलाइ हुँदा मस्तिष्कमा स्थायी क्षति पुग्ने जोखिम बढ्छ। न्युरोलोजिस्ट डा. घनश्याम खरेल यस्ता संकेत देखिनेबित्तिकै बिरामीको अवस्था परीक्षण गर्नुपर्ने बताउँछन्। उनी भन्छन्, “मस्तिष्कघातका लक्षण समयमै पहिचान गर्नुपर्छ। बिरामीको अवस्था तत्काल मूल्याङ्कन गरेर उपचार सुरु गर्नु आवश्यक हुन्छ। उपचारमा ढिलाइ हुँदा मस्तिष्कमा स्थायी क्षति पुग्ने जोखिम बढ्छ।” सबै बिरामीमा एउटै लक्षण देखिँदैन। कतिपयको अचानक दृष्टि धमिलो हुन्छ वा दृष्टि गुम्न सक्छ। कसैलाई हिँड्दा सन्तुलन मिलाउन कठिन हुन्छ, चक्कर लाग्छ वा शरीरका अंगबीचको समन्वय बिग्रन्छ। विशेषगरी मस्तिष्कमा रक्तस्राव भएको अवस्थामा अचानक अत्यन्त कडा टाउको दुख्न सक्छ। यीमध्ये एउटा मात्रै लक्षण देखिए पनि मस्तिष्कघातको आशंका गरेर तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ। कहिलेकाहीँ यस्ता लक्षण केही मिनेटमै हराउन सक्छन्। बोली सामान्य हुन्छ, कमजोर भएको हात चल्न थाल्छ वा अनुहारको बाङ्गोपन हट्छ। चिकित्सकीय भाषामा यस्तो अवस्थालाई ‘ट्रान्जियन्ट इस्केमिक अट्याक’ (टीआईए) भनिन्छ। यो मस्तिष्कमा केही समयका लागि रक्तप्रवाह अवरुद्ध हुँदा देखिने समस्या हो। भविष्यमा गम्भीर मस्तिष्कघात हुन सक्ने चेतावनी भएकाले लक्षण हराए पनि अस्पताल जानुपर्छ। उच्च रक्तचापको जोखिम मस्तिष्कघात निम्त्याउने प्रमुख जोखिम कारकमध्ये उच्च रक्तचाप पर्छ। लामो समयसम्म रक्तचाप नियन्त्रणमा नरहँदा मस्तिष्कका रक्तनलीमा दबाब पर्छ। यसले रक्तनली कमजोर बनाउने, फुट्ने वा रक्तप्रवाहमा अवरोध उत्पन्न हुने जोखिम बढाउँछ। उच्च रक्तचाप भएका कतिपय मानिस आफूलाई ठीक महसुस भएपछि औषधि खान छाड्छन् वा नियमित परीक्षण गराउँदैनन्। मधुमेह, रगतमा कोलेस्ट्रोलको मात्रा बढी हुनु, मोटोपन, धूम्रपान, मदिरा सेवन, शारीरिक निष्क्रियता र असन्तुलित खानपानले पनि मस्तिष्कघातको जोखिम बढाउँछन्। मुटुको धड्कन अनियमित हुने समस्या भएका केही व्यक्तिमा मुटुभित्र रगतको ढिक्का बन्न सक्छ। त्यस्तो ढिक्का मस्तिष्कको रक्तनलीमा पुगेर रक्तप्रवाह बन्द गराउन सक्छ। उच्च रक्तचाप भएका कतिपय मानिस आफूलाई ठीक महसुस भएपछि औषधि खान छाड्छन् वा नियमित परीक्षण गराउँदैनन्। तर रक्तचापको समस्या नियन्त्रणमा राख्न नियमित औषधि सेवन र स्वास्थ्य परीक्षण आवश्यक हुन्छ। लक्षण महसुस नभएको आधारमा उपचार छाड्दा रक्तचाप अनियन्त्रित हुन सक्छ। काम गर्ने उमेरमै मस्तिष्कघात भएर शारीरिक क्षमता गुमेमा परिवारको आर्थिक अवस्था र हेरचाहको जिम्मेवारीसमेत प्रभावित हुन सक्छ। मस्तिष्कघातलाई मुख्यतः वृद्धवृद्धामा देखिने रोगका रूपमा बुझ्ने गरिए पनि युवावस्थामा समेत यसको जोखिम रहन्छ। अस्वस्थ जीवनशैलीसँगै जन्मजात रक्तनलीको समस्या, मुटुरोग, रगत जम्ने समस्या तथा अन्य विशेष स्वास्थ्य अवस्थाले कम उमेरमै मस्तिष्कघात गराउन सक्छन्। काम गर्ने उमेरमै मस्तिष्कघात भएर शारीरिक क्षमता गुमेमा परिवारको आर्थिक अवस्था र हेरचाहको जिम्मेवारीसमेत प्रभावित हुन सक्छ। उमेर कम छ भन्दैमा अचानक देखिएका लक्षणलाई सामान्य कमजोरी ठान्नु हुँदैन। उपचारमा ढिलाइको असर मस्तिष्कघातको उपचारमा समयसँगै मस्तिष्कको कुन भाग प्रभावित भएको छ र कति क्षति पुगेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। वरिष्ठ न्युरोसर्जन डा. राजीव झाका अनुसार उपचारको निर्णय गर्दा क्षतिको प्रकृति, रक्तस्रावको अवस्था र बिरामीको समग्र स्वास्थ्य मूल्याङ्कन गर्नुपर्छ। उनी भन्छन्, “मस्तिष्कघात भएका सबै बिरामीलाई शल्यक्रिया आवश्यक पर्दैन। मस्तिष्कमा अत्यधिक रक्तस्राव भएको, मस्तिष्क सुन्निएर दबाब बढेको वा अन्य जटिलता देखिएको अवस्थामा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ।” मस्तिष्कमा रक्तप्रवाह बन्द भएपछि समय बित्दै जाँदा थप कोषिका क्षतिग्रस्त हुन सक्छन्। त्यसैले बिरामीलाई घरमै आराम गराउने, तेलले मालिस गर्ने वा लक्षण आफैँ हराउँछ कि भनेर पर्खिने क्रममा उपचारको महत्त्वपूर्ण अवसर गुम्न सक्छ। मस्तिष्कघातको आशंका भएका बिरामीमा सीटी स्क्यान वा आवश्यकताअनुसार एमआरआई गरेर रक्तनली बन्द भएको हो कि रक्तनली फुटेर रक्तस्राव भएको हो भन्ने पत्ता लगाइन्छ। त्यसपछि बिरामीको अवस्थाअनुसार उपचार अघि बढाइन्छ। रक्तनली बन्द भएर हुने ‘इस्केमिक स्ट्रोक’ मा उपयुक्त बिरामीलाई रगतको ढिक्का घोल्ने औषधि दिन सकिन्छ। यसलाई ‘थ्रोम्बोलाइसिस’ भनिन्छ। यस्तो उपचार सामान्यतः लक्षण सुरु भएको साढे चार घण्टाभित्र गरिन्छ। तर कुन बिरामीलाई औषधि दिन मिल्छ भन्ने निर्णय आवश्यक परीक्षणपछि चिकित्सकले गर्छन्। मस्तिष्कको ठुलो रक्तनलीमा अवरोध आएको अवस्थामा ‘मेकानिकल थ्रोम्बेक्टोमी’ विधिबाट रगतको ढिक्का निकाल्न सकिन्छ। यस विधिमा विशेष उपकरणमार्फत रक्तनलीमा अड्किएको ढिक्का हटाइन्छ। विशेष परीक्षणका आधारमा छनोट गरिएका बिरामीमा लक्षण सुरु भएको २४ घण्टासम्म पनि यो उपचार सम्भव हुन सक्छ। मस्तिष्कघातपछि बिरामीमा कस्तो समस्या रहन्छ भन्ने कुरा मस्तिष्कको कुन भागमा क्षति पुगेको छ भन्नेमा निर्भर हुन्छ। रक्तनली फुटेर रक्तस्राव भएको बिरामीमा भने रक्तचाप नियन्त्रण, रक्तस्रावको व्यवस्थापन, मस्तिष्कमा बढेको दबाब कम गर्ने उपचार र आवश्यकताअनुसार शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। रक्तनली बन्द हुँदा प्रयोग गरिने रगतको ढिक्का घोल्ने औषधि यस्तो अवस्थामा दिन मिल्दैन। साढे चार घण्टा र २४ घण्टा निश्चित अवस्थाका बिरामीमा सम्भव हुने उपचारका समयसीमा हुन्। त्यसैले त्यति समय बाँकी छ भनेर घरमै पर्खिनु हुँदैन। मस्तिष्कघातको आशंका हुनेबित्तिकै अस्पताल पुगेर आवश्यक परीक्षण गराउनुपर्छ। ज्यान जोगिएपछिको जीवन मस्तिष्कघातपछि बिरामीमा कस्तो समस्या रहन्छ भन्ने कुरा मस्तिष्कको कुन भागमा क्षति पुगेको छ भन्नेमा निर्भर हुन्छ। कसैको शरीरको एक भाग नचल्ने हुन सक्छ भने कसैको बोली प्रभावित हुन्छ। कतिपयले अरूले बोलेको कुरा बुझ्न नसक्ने, सम्झने क्षमता गुमाउने, खाना निल्न कठिन हुने वा हिँडडुलमा सन्तुलन गुमाउने समस्या भोग्न सक्छन्। मस्तिष्कको दायाँ भागमा क्षति पुग्दा शरीरको बायाँ भाग र बायाँ भागमा क्षति पुग्दा शरीरको दायाँ भाग प्रभावित हुन सक्छ। त्यस्तै, भाषा नियन्त्रण गर्ने भागमा क्षति पुगे बोल्न वा अरूले बोलेको कुरा बुझ्न कठिन हुन्छ। अस्पतालबाट डिस्चार्ज भएपछि पनि बिरामीको अवस्थाअनुसार नियमित फलोअप र लामो समयसम्म पुनःस्थापनाको आवश्यकता पर्न सक्छ। शारीरिक समस्यासँगै बिरामीमा चिन्ता, निराशा र डिप्रेसनसमेत देखिन सक्छ। पहिले आफैँ काम गर्ने मानिस दैनिक गतिविधिका लागि परिवारको सहारामा निर्भर हुनुपर्ने अवस्था आउन सक्छ। तर सबै बिरामीको अवस्था एउटै हुँदैन। कसैमा उपचारपछि उल्लेखनीय सुधार आउन सक्छ भने कसैलाई लामो समयसम्म शारीरिक तथा मानसिक समस्या रहन सक्छ। यस्तो अवस्थामा औषधिसँगै पुनःस्थापना महत्त्वपूर्ण हुन्छ। फिजियोथेरापीले हातखुट्टाको चाल र हिँडडुल सुधार गर्न सहयोग गर्छ। स्पिच थेरापीले बोली तथा भाषासम्बन्धी समस्यामा मद्दत गर्छ भने अकुपेसनल थेरापीले बिरामीलाई दैनिक काम आफैँ गर्न सक्षम बनाउने प्रयास गर्छ। अस्पतालबाट डिस्चार्ज भएपछि पनि बिरामीको अवस्थाअनुसार नियमित फलोअप र लामो समयसम्म पुनःस्थापनाको आवश्यकता पर्न सक्छ। गुमेको क्षमता सकेसम्म फर्काउन निरन्तर उपचार र अभ्यासको भूमिका रहन्छ। फेरि मस्तिष्कघात हुन सक्छ एकपटक मस्तिष्कघात भइसकेको व्यक्तिलाई फेरि पनि त्यही समस्या हुन सक्छ। पहिले मस्तिष्कघात गराउने कारण नियन्त्रणमा ल्याउन नसकिए जोखिम कायमै रहन्छ। त्यसैले अस्पतालबाट फर्किएपछि पनि बिरामीको नियमित स्वास्थ्य निगरानी, चिकित्सकले तोकेको औषधि सेवन र आवश्यक परीक्षणलाई निरन्तरता दिनुपर्छ। कुन औषधि आवश्यक छ भन्ने निर्णय बिरामीलाई भएको मस्तिष्कघातको प्रकार र स्वास्थ्य अवस्थाअनुसार चिकित्सकले गर्छन्। मस्तिष्कघात भइसकेका सबै बिरामीले एउटै औषधि खानुपर्छ भन्ने हुँदैन। विशेषगरी चिकित्सकको सल्लाहबिना एस्पिरिन वा रगत पातलो बनाउने औषधि सेवन गर्नु हुँदैन। रक्तस्राव भएको मस्तिष्कघातमा यस्ता औषधिले अवस्था थप गम्भीर बनाउन सक्छन्। कुन औषधि आवश्यक छ भन्ने निर्णय बिरामीलाई भएको मस्तिष्कघातको प्रकार र स्वास्थ्य अवस्थाअनुसार चिकित्सकले गर्छन्। स्वास्थ्यमा सुधार आएको महसुस गर्दैमा औषधि छाड्ने वा नियमित परीक्षण बन्द गर्ने बानीले समस्या दोहोरिने जोखिम बढाउन सक्छ। उपचार पहुँचको चुनौती नेपालमा मस्तिष्कघातको उपचारका लागि आवश्यक सुविधा सबै स्वास्थ्य संस्थामा उपलब्ध छैनन्। चौबीसै घण्टा सीटी स्क्यान, विशेषज्ञ चिकित्सक, स्ट्रोक युनिट र आधुनिक उपचार सुविधा नहुँदा बिरामीले समयमै सेवा पाउन कठिन हुन्छ। विशेषगरी दुर्गम क्षेत्रबाट सुविधासम्पन्न अस्पताल पुग्न लामो समय लाग्न सक्छ। मस्तिष्कघातको उपचारका लागि न्युरोलोजिस्ट, न्युरोसर्जन, रेडियोलोजिस्ट, नर्सिङ जनशक्ति र पुनःस्थापना सेवाबीच समन्वय आवश्यक हुन्छ। मस्तिष्कघातको प्रकार छुट्याउने परीक्षणदेखि बिरामीको अवस्थाअनुसार औषधि, शल्यक्रिया वा पुनःस्थापनाको सेवा उपलब्ध हुनुपर्छ। तर सबै सेवा एउटै स्वास्थ्य संस्थामा उपलब्ध नहुँदा उपचारको प्रक्रियामा कठिनाइ आउन सक्छ। नेपालमा मस्तिष्कघातको व्यापकतालाई हेर्दा उपचार सुविधाको विस्तार, दक्ष जनशक्ति र नागरिकमा चेतना अभिवृद्धिको आवश्यकता देखिन्छ। अस्पतालसम्म पुग्ने कठिनाइसँगै मस्तिष्कघातका लक्षणबारे पर्याप्त जानकारी नहुनु पनि समस्या हो। कतिपयले अचानक हातखुट्टा लुलो हुनु वा बोली बिग्रनुलाई सामान्य कमजोरी ठान्छन्। यसले उपचारका लागि आवश्यक निर्णयमा ढिलाइ गराउन सक्छ। नेपाल पक्षघात सङ्घले मस्तिष्कघातको अवस्था पहिचान, उपचार र रोकथामका विषयमा काम गर्दै आएको छ। सङ्घले अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा उपचारको स्तर सुधार गर्ने प्रयास पनि गरिरहेको छ। नेपालमा मस्तिष्कघातको व्यापकतालाई हेर्दा उपचार सुविधाको विस्तार, दक्ष जनशक्ति र नागरिकमा चेतना अभिवृद्धिको आवश्यकता देखिन्छ। जोखिम घटाउने उपाय मस्तिष्कघातको जोखिम पूर्ण रूपमा हटाउन नसकिए पनि नियन्त्रण गर्न सकिने कारणमा ध्यान दिए यसको सम्भावना कम गर्न सकिन्छ। उच्च रक्तचाप नियमित जाँच्ने र चिकित्सकको सल्लाहअनुसार नियन्त्रणमा राख्ने बानी महत्त्वपूर्ण हुन्छ। मधुमेह तथा कोलेस्ट्रोलको समस्या भएका व्यक्तिले पनि नियमित परीक्षण र उपचार गर्नुपर्छ। घरमै मालिस गर्ने, घरेलु औषधि खुवाउने वा आफैँ ठीक हुन्छ भनेर पर्खिँदा उपचारमा ढिलाइ हुन सक्छ। धूम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग्ने, मदिरा सेवनबाट टाढा रहने, नुन र चिल्लो पदार्थ कम गर्ने तथा फलफूल र सागसब्जी पर्याप्त खाने बानीले जोखिम कम गर्न सहयोग गर्छ। आफ्नो स्वास्थ्य अवस्थाअनुसार नियमित व्यायाम गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने र पर्याप्त निद्रा लिने विषय पनि महत्त्वपूर्ण छन्। यति हुँदाहुँदै पनि मस्तिष्कघातका लक्षण देखिए के गर्ने भन्ने जानकारी हरेक परिवारमा हुनु आवश्यक छ। लक्षण सुरु भएको समय टिपेर बिरामीलाई तत्काल आपत्कालीन स्वास्थ्य सेवामा पुर्‍याउनुपर्छ। घरमै मालिस गर्ने, घरेलु औषधि खुवाउने वा आफैँ ठीक हुन्छ भनेर पर्खिँदा उपचारमा ढिलाइ हुन सक्छ। मस्तिष्कघातले कहिलेकाहीँ बिरामीलाई आफ्नो समस्या भन्नसमेत नसक्ने बनाउँछ। त्यतिबेला उपचार पाउन अस्पतालसम्मको दूरीसँगै छेउमा रहेका मानिसले कति छिटो लक्षण चिन्छन् र निर्णय गर्छन् भन्ने कुराले पनि फरक पार्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

पत्रकार पक्राउलगत्तै बोलाइएको रास्वपा सचिवालय बैठक (तस्बिरहरू)
ताजा खबरJust now

पत्रकार पक्राउलगत्तै बोलाइएको रास्वपा सचिवालय बैठक (तस्बिरहरू)

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। शुक्रबार साँझ पत्रकार पक्राउ प्रकरणलगत्तै रास्वपा सभापति रवि लामिछानेले बैठक बोलाएका थिए।   ...

नेपालखबर
युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति
ताजा खबरJust now

युक्रेनलाई ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बेच्न अमेरिकाको स्वीकृति

Reuters रुसको बढ्दो हवाई आक्रमणबाट युक्रेनको रक्षा गर्न अत्यावश्यक ठानिएका ५०० वटा प्याट्रिअट क्षेप्यास्त्र बिक्री गर्न अमेरिकाले स्वीकृति दिएको छ।तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ती क्षेप्यास्त्र युक्रेन आइपुग्न 'केही वर्ष' लाग्न ...

बीबीसी नेपाली
वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना
ताजा खबरJust now

वर्षाले एनपीएलका खेलहरु प्रभावित हुने सम्भावना

प्रतियोगिताको पाँचौं दिन शनिबार लुम्बिनी लायन्स र चितवन राइनोज तथा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुने कार्यक्रम रहेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play