Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

10/28/2026, 2:26:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकताको प्रतिलिपि लिन अब आफ्नो जिल्ला धाउनुनपर्ने, काठमाडौंबाटै लिन सकिने

नेपालका जुनसुकै जिल्लाका नागरिकले पनि अब उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकताको प्रतिलिपि प्राप्त गर्न सक्ने छन् । प्रदेशअनुसार तोकिएका जिल्ला प्रशासन कार्यालयबाट सेवा उपलब्ध गराउन लागिएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका सूचना अधिकारी खिमराज भुसालले नेपाल न्यूज बैंकसँगको कुराकानीमा आवश्यक उपकरणहरू आउने क्रम जारी रहेको बताउँदै अर्को सातादेखि सेवा सुरु गरिने जानकारी दिएका छन् । ‘पञ्जीकरण विभागबाट आवश्यक उपकरणहरू आउँदै छन्। केही समस्या भएका सेवाग्राहीको काम सुरु पनि गरिसकेका छौँ। अरू उपकरणहरू पनि आउने क्रममा छन्। अब हामी छिट्टै सुरु गरिहाल्छौँ । अर्को हप्तादेखि सुरु हुन्छ ।’ भुसालका अनुसार नागरिकताको प्रतिलिपि लिनका लागि नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक भएको हुनुपर्ने र राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्नेछ। सम्बन्धित प्रणालीमा रहेको विवरण रुजु गर्दा साविकको नागरिकतासँग हुबहु मिलेमा प्रतिलिपि जारी गरिने उनले बताए। ‘नागरिकतासम्बन्धी विवरण केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमा मा व्यक्तिको नागरिकतासम्बन्धी विवरण अनलाइनमा अनिवार्य अपडेट भएको हुनुपर्छ। अर्को राष्ट्रिय परिचयपत्र बनाएको हुनुपर्छ। त्यसलाई यहाँ भेरिफिकेसन गर्दा विवरण मिलेको हुनुपर्छ। मुख्य दुईवटा कुरा यही हो,’ उनले भने। तर, नागरिकताको अभिलेख नभिडिएको वा साविकको नागरिकतामा भएको विवरणभन्दा फरक नाम, थर, जन्ममिति वा अन्य विवरण सच्याएर प्रतिलिपि लिन चाहनेले भने नागरिकता लिएको सम्बन्धित जिल्लामै सम्पर्क गर्नुपर्नेछ। शंकास्पद देखिएका निवेदनको हकमा पनि सम्बन्धित जिल्लाबाटै प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था सूचनामा उल्लेख छ। ‘सामान्य कुराहरू त हुन्छन्, नत्र अन्य विवरण सच्याउने अधिकार सम्बन्धित जिल्लालाई मात्रै हुन्छ,’ भुसालले भने। नेपाल सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीको बुँदा नम्बर २१ तथा नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८१ बमोजिम जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको हो। नागरिकता आगलागी वा पानीका कारण नष्ट भएमा, च्यातिएमा, हराएमा, नयाँ ढाँचामा आवश्यक परेमा वा अन्य कारणले प्रतिलिपि लिनुपर्ने अवस्थामा रहेका नागरिकले यो सेवा लिन सक्नेछन्। काठमाडौं उपत्यकामा बसोबास गर्ने अन्य जिल्लाका नागरिकलाई सहज सेवा उपलब्ध गराउन प्रदेशअनुसार तीन जिल्ला प्रशासन कार्यालयमा जिम्मेवारी बाँडिएको छ। जसअनुसार काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लाका नागरिकले सेवा लिन सक्नेछन्। ललितपुरबाट कर्णाली र सुदूरपश्चिम प्रदेश तथा भक्तपुरबाट कोशी र मधेश प्रदेशका जिल्लाका नागरिकलाई सेवा उपलब्ध गराइनेछ। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नागरिकताको प्रतिलिपिसम्बन्धी प्रक्रिया र व्यवस्थाबारे सूचना जारी गरिसकेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च
OthersJust now

श्रम कार्यालयको निर्देशनपछि अस्पतालले कर्मचारीलाई दियो चाडबाड खर्च

पत्रमा श्रम ऐन २०७४ को दफा ३७ बमोजिम प्रत्येक श्रमिकले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबर रकम चाडपर्व खर्चबापत पाउनुपर्ने प्रावधान स्मरण गराइएको थियो । ...

अनलाइन खबर
ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो
OthersJust now

ट्रम्पको दाबी- मैले नेतान्याहुलाई समर्थन गरेपछि माहोल बदलियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको निर्वाचनबारे आफूले प्रतिक्रिया दिएपछि माहोल बदलिएको दाबी गरेका छन् । ...

अनलाइन खबर
आईजीपी कार्कीले दिए देशभरका प्रहरी प्रमुखलाई निर्देशन
OthersJust now

आईजीपी कार्कीले दिए देशभरका प्रहरी प्रमुखलाई निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रहरी तालिम केन्द्रहरू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। त्यसैगरी, नेपाल प्रहरी राजमार्ग तथा ...

पर्दाफास
भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक
OthersJust now

भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक

११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्‌बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ । तर प्रारम्भिक पुन:स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको बताइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play