आईजीपी कार्कीले दिए देशभरका प्रहरी प्रमुखलाई निर्देशन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल कन्फरेन्समार्फत महानिरीक्षक कार्कीले विभिन्न तहका प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका हुन्। कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रहरी तालिम केन्द्रहरू तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। त्यसैगरी, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू र प्रहरी निरीक्षक प्रमुख रहने कार्यालयसम्मका प्रमुखहरूलाई पनि भर्चुअल माध्यमबाट निर्देशन दिइएको हो। देशभरका विभिन्न तह र कार्यक्षेत्रमा रहेका प्रहरी कार्यालयका प्रमुखहरूलाई एउटै भर्चुअल कार्यक्रममा सहभागी गराई समसामयिक विषयमा निर्देशन दिइएको हो।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

मुगुमा खानेपानी योजनाको डीपीआरमा अनियमितता, तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणमा अनियमितता गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका लागि खरिद कानुनविपरीत प्याकेज बनाइएको, नक्कली मूल्याङ्कन समिति र प्रतिवेदन तयार गरिएको तथा झुट्टा बिलका आधारमा भुक्तानी दिइएको ...

नेप्सेमा ३३.२९ अंकले बढ्यो, ७ अर्ब ४५ करोडको कारोबार
नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर ७ अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयरमा सकारात्मक सर्किट ...

स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु
११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले उक्त दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ । यद्यपि उक्त संख्या स्वतन्त्र पुष्टि भने भएको छैन । दुर्घटनाबारे थप विवरण आउन बाँकी… ...

पहिलो त्रैमासमै खर्ब नाघ्यो निर्यात, चाडबाडले आयातमा उछाल
चाडबाडका कारण आयातमा उस्तै उछाल कायम रह्यो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ । ...


