Friday, October 30, 2026||
MultiKhabarMultiKhabar
Home/Business/नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागरिकताको प्रतिलिपि अब जुनसुकै जिल्लाबाट लिन पाइने, पुरानै जिल्ला पुग्नुपर्ने बाध्यता हट्यो

काठमाडौं । नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन अब आफूले नागरिकता लिएको जिल्लामै पुग्नुपर्ने बाध्यता हटेको छ । सरकारले जारी गरेको नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले अन्य जिल्लाबाट समेत नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरेको छ ।

गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीअनुसार नेपाली नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गरेर अर्को जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सक्नेछन् । त्यसका लागि सम्बन्धित व्यक्तिको विवरण नागरिकता सूचना व्यवस्थापन प्रणाली र जैविक विवरण राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग रुजु गरिनेछ । विवरण मिलेमा प्रमुख जिल्ला अधिकारीले प्रतिलिपि जारी गर्न सक्ने व्यवस्था गरिएको छ ।

नागरिकता प्रमाणपत्र हराएमा, च्यातिएर प्रयोग गर्न नमिल्ने भएमा, आगलागी वा पानीका कारण नष्ट भएमा, बसाइँसराइ गरेमा वा नयाँ ढाँचामा आवश्यक परेमा प्रतिलिपि लिन सकिनेछ । यसअघि प्रतिलिपिका लागि नागरिकता जारी भएको जिल्लाको जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने अवस्था थियो ।

संशोधित नियमावलीले विवाह हुनुअघि नागरिकता नलिएकी नेपाली महिलाले नेपाली नागरिक पतिका ठेगानाबाट नागरिकता लिन चाहेमा आवश्यक कागजात र सनाखतसम्बन्धी व्यवस्था पनि गरेको छ । यस्तो अवस्थामा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता पेस गर्नुपर्नेछ । पतिको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ ।

त्यसरी नागरिकता लिन पति वा सासू, ससुरा, जेठाजु, देवर, छोरा वा छोरीमध्ये कम्तीमा एक जना उपस्थित भई सनाखत गर्नुपर्ने व्यवस्था नियमावलीमा छ ।

नागरिकता जारी गर्ने कार्यालयले प्रमाणपत्रको अभिलेख सुरक्षित राख्नुपर्ने र निवेदकले पेस गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा राख्नुपर्ने व्यवस्था पनि गरिएको छ । जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्नेछ ।

नयाँ व्यवस्थाअनुसार नागरिकता नम्बरलाई व्यवस्थित गर्न जिल्लागत तथा कार्यालयगत कोड, जारी भएको वर्ष र क्रमसङ्ख्याका आधारमा नम्बर कायम गरिनेछ । नाबालक परिचयपत्र हराएमा, च्यातिएमा वा आगलागी तथा पानीका कारण नष्ट भएमा पनि प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि नाबालक वा उनका बाबु वा आमाले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछन् ।

नियमावलीले नागरिकतासम्बन्धी कामका लागि स्थानीय तहले दिएको सिफारिस ३५ दिनसम्म मान्य हुने व्यवस्था गरेको छ । नेपाल नागरिकता ऐन, २०६३ को अधिकार प्रयोग गरी जारी गरिएको संशोधित नियमावली तुरुन्त लागू हुने सूचनामा उल्लेख छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

१९ अलपत्र आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने मुख्यमन्त्री शाहीको भनाइ
अर्थतन्त्रJust now

१९ अलपत्र आयोजना : काम गर्ने आधार देखाए मात्रै म्याद थपिने मुख्यमन्त्री शाहीको भनाइ

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले लामो समयदेखि अलपत्र रहेका १९ वटा विकास आयोजनाको काम सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले निर्माण व्यवसायीलाई ...

अर्थडबली
३२ प्रजातिका गुराँसदेखि रेडपाण्डासम्म, पर्यटनको सम्भावना बोकेको जुरेढुङ्गा किन ओझेलमा ?
अर्थतन्त्रJust now

३२ प्रजातिका गुराँसदेखि रेडपाण्डासम्म, पर्यटनको सम्भावना बोकेको जुरेढुङ्गा किन ओझेलमा ?

आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा ओझेलमा परेको छ । रसुवाको नौकुण्ड गाउँपालिका१ मा अवस्थित समुद्र सतहबाट २ हजार ९८० मिटरको उचाइमा रहेको ...

अर्थडबली
तीन महिनामै थपियो १ खर्ब २३ अर्ब ऋण, मुलकको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
अर्थतन्त्रJust now

तीन महिनामै थपियो १ खर्ब २३ अर्ब ऋण, मुलकको सार्वजनिक ऋण ३० खर्ब नाघ्यो

काठमाडौं– नेपालको सार्वजनिक ऋण दायित्व ३० खर्ब रुपैयाँ नाघेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो। यो कुल गार्हस्थ्य ...

आजको अर्थ
कर्णालीको अर्थतन्त्रमा कृषि र पर्यटन सुस्त, उद्योगको न्यून क्षमता उपयोग र वैदेशिक रोजगारीको चाप बढ्दो
अर्थतन्त्रJust now

कर्णालीको अर्थतन्त्रमा कृषि र पर्यटन सुस्त, उद्योगको न्यून क्षमता उपयोग र वैदेशिक रोजगारीको चाप बढ्दो

काठमाडौं । कर्णाली प्रदेशको अर्थतन्त्रमा एकै वर्ष फरक–फरक प्रवृत्ति देखिएको छ । प्रदेशको प्रमुख आधार कृषि उत्पादन घटेको छ भने पर्यटन व्यवसायमा पर्यटक आगमन र रोजगारी दुवै खुम्चिएका छन् । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा विस्तार भएको छ भने घरजग्गा कारोबारबाट प्राप्त राजस्वमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको कर्णाली प्रदेशसम्बन्धी आर्थिक प्रतिवेद… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play