नागढुंगामा खैरो हेरोइनसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आइतबार बिहान करिब ७ः३० बजे चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस जाँच गर्ने क्रममा उक्त पदार्थ फेला परेको हो। प्र.१–०२–००२ ख १२८२ नम्बरको बसमा प्रहरी प्रभाग नागढुंगा र लागुऔषध नियन्त्रण ब्युरोको शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले जाँच गरेको थियो। जाँचका क्रममा धादिङको नीलकण्ठ नगरपालिका–१४ का २९ वर्षीय जोनाम लामाको साथबाट प्लास्टिकसहित १४.२८ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले लामालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि श्वेतपत्र सार्वजनिक
काठमाडौँ, कात्तिक ८ गते । सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरणका लागि दुई वटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलविज्ञान तथा जलस्रोत अ... ...

बाढीपहिरो प्रभावित म्याग्दीका सबै स्थानमा विद्युत् आपूर्ति नियमित
पाउद्वारमा हेलिकोप्टरबाट ढुवानी गरिएको ट्रान्सफर्मरले काम नगरेपछि घार गाउँबाट विद्युत् आपूर्ति गराइएको छ । ...

दूधको मूल्यमा किसान मारमा
दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण ...

महँगीविरुद्ध लाखौँ प्रदर्शनकारी फ्रान्सका सडकमा, लाठीचार्जसँगै अश्रुग्यास प्रहार, एक हजार पक्राउ
फ्रान्सभरि लाखौँ मानिसहरू महँगी, विद्यालयहरूको दयनीय अवस्था र प्रहरीको दमनकारी शैलीविरुद्ध विरोध जनाउन सडकमा उत्रिएका छन् । ...


