दूधको मूल्यमा किसान मारमा

दाङ।दाङका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध उत्पादन गर्ने किसानले उचित मूल्य नपाउने र उपभोक्ताले भने तुलनात्मक रूपमा महँगो मूल्य तिर्नुपर्ने अवस्थाले दूधको मूल्य शृङ्खलामा समस्या रहेको देखिएको छ। उत्पादनदेखि उपभोक्तासम्म पुग्ने क्रममा हुने लागत र मुनाफाको पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने किसानहरूको माग छ। किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने हो भने दूधको उचित मूल्य सुनिश्चित गर्नुपर्ने उनीहरूको भनाइ छ। किसानबाट न्यून मूल्यमा दूध खरिद गर्ने डेरी तथा व्यवसायीले उपभोक्तालाई महँगोमा बिक्री गर्दा उत्पादनकर्ता र उपभोक्ता दुवै प्रभावित भएका छन्। घोराही उपमहानगरपालिका–२ रामपुरमा ग्रिन लक्ष्मी गाई तथा भैंसी फार्म सञ्चालन गर्दै आएका गोपाल खनालले दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गर्छन्। उत्पादित दूधमध्ये करिब ६५ लिटर डेरीलाई बिक्री गर्ने गरेका छन् भने बाँकी दूध घरघरमा उपभोक्तालाई बिक्री गर्दै आएको बताउँछन्। खनालका अनुसार डेरीलाई दूध बिक्री गर्दा भैंसीको दूधको प्रतिलिटर रु ७५ भन्दा बढी मूल्य पाउने अवस्था छैन। गाईको दूधको मूल्य भने प्रतिलिटर ६५ रुपैंयाँ मूल्य पाउने गरेका छन्। तर, त्यही दूध डेरी व्यवसायीले उपभोक्तालाई प्रतिलिटर एक सय रुपैंयाँसम्ममा बिक्री गर्ने गरेका छन्। गाई र भैँसीको दूध छुट्टाछुट्टै उत्पादन लागत भए पनि उपभोक्ताले भने दुवै प्रकारको दूधका लागि करिब समान मूल्य तिर्नुपर्ने अवस्था रहेको उनले बताए। “मूल्य निर्धारण गर्दा कृषकको सहभागिता समेत गराइँदैन,” उनले भने। दूध उत्पादनमा लाग्ने दाना, चोकर, घाँस, औषधि तथा पशु उपचारलगायतको खर्च बढ्दै गए पनि किसानले पाउने मूल्य सोही अनुसार वृद्धि हुन नसकेको उनले बताए। उत्पादन लागत बढ्दै जाँदा किसानको आम्दानी घट्ने अवस्था आएको उनको भनाइ छ। किसानको लागत बढे पनि दूधको मूल्यमा अपेक्षित वृद्धि नभएको अवस्थामा डेरी व्यवसायीले भने दूधबाट उत्पादन हुने दही, पनिर र घीउको मूल्य बढाएका छन्। व्यवसायी समिति घोराहीले असोज १५ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरेका हुन्। लागत वृद्धि भएको कारण देखाउँदै ती वस्तुको मूल्य बढाएको जनाएका छन्। हाल दही प्रतिलिटर १४० रुपैंयाँ, पनिर प्रतिकिलो ९०० रुपैंयाँ र घ्यू प्रतिकिलो एक हजार ४५० रुपैंयाँ बनाएका छन्। घोराहीका एक कृषकले प्रतिलिटर ७० रुपैंयाँदेखि ७५ रुपैंयाँसम्ममा दूध बिक्री गर्ने गरेको बताउँछन्। आफैले मोटरसाइकलमा सम्बन्धित स्थानसम्म दूध पुर्याउने भएकाले प्रतिलिटर ७५ रुपैंयाँसम्म मूल्य पाउने गरेको उनको भनाइ छ। तर, दूध बजारसम्म पुर्याउँदा हुने यातायात खर्च, समय र श्रमका कारण वास्तविक आम्दानी अझ कम हुने गरेको बताए। लगानी र श्रम गरे पनि मूल्य निर्धारणमा आफूहरूको भूमिका कमजोर रहेको किसानको गुनासो छ। पशुपालनका लागि आवश्यक दाना, औषधि, श्रमिक, विद्युत्, पानी तथा पशु स्वास्थ्य सेवाको लागत बढ्दै गए पनि दूधको मूल्य भने लागतअनुसार समायोजन हुन नसकेको उनीहरूको भनाइ छ। किसानहरूले दूधको मूल्य निर्धारण गर्दा उत्पादन लागतको वैज्ञानिक हिसाब गर्नुपर्ने, किसानको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र बजारसम्म दूध पुर्याउँदा लाग्ने खर्चको पनि मूल्याङ्कन गर्नुपर्ने माग गरेका छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ढल्केवर ट्रमा सेन्टरको टेन्डर प्रक्रिया अघि बढ्यो
धनुषा।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि बढिसकेको बताएका छन्। आइतबार ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत निरीक्षण गर्दै मन्त्री मेहताले टेन्डरसम्बन्धी कागजात स्वास्थ्य मन्त्रालयबाट हस्ताक्षर भएर पूर्वाधारसम्बन्धी निकायमा पठाइसकिएको जानकारी दिइन् । उनले प्रक्रिया पूरा भएपछि टेन्डर आह्वान हुने र त्यसपछि निर्माणको काम अघि बढ्ने बताइन्। “ट्रमा सेन्टर बन्छ ...

ज्यामरुककोटको पुरानो खुडामा कुँदिएका आठ नाम, के होला यसको रहस्य?
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ मा ऐतिहासिक ज्यामरुककोट अवस्थित छ । यहीँ खड्गभवानीको कोत पनि छ । यस कोतको इतिहास तत्कालीन पर्वत राज्यसँग जोडिएको छ । यहाँ राजा भर्तिबम मल्लसँग सम्बन्धित अनेकौँ कथा सुनिन्छन् । कोतमा पुराना हतियारहरू पनि छन् । तीमध्ये एउटा खुडाले विशेष ध्यान आकर्षित गर्छ । यो खुडा वि.सं. २००३ मा चढाइएको खुँडामा अंकित मितिले स्पष्ट हुन्छ ...

रुघाखोकीका बिरामी बढे
हुम्ला समाचारदाताहुम्ला कात्तिक ८ गते । जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ... ...

नेकपाको जागरण अभियानले विगतका निराशाजनक नतिजा उल्टाउला ?
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले मजबुत संगठन निर्माण तथा पार्टी रूपान्तरण सम्बन्धी ठुल्ठुला राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै आएको छ । तर, हरेक चुनावमा यो पार्टी निरन्तर कमजोर देखिएको... ...


