नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिने र शाकाहारीले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ। कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि पनि दिने गरिन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजाकोठा वा दसैँ घरमा आज नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजाआराधना गरिन्छ। महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

जलवायु चेतनाका लागि भारतीय र्यापरको पहल
बेंगलुरु । भारतमा पानीको अभाव र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउन र्यापरहरूले सङ्गीतमार्फत सन्देश दिन थालेका छन्। उनीहरूले आफ्ना गीतमा पानीको सङ्कट र सीमान्तकृत समुदायले भोगेका समस्याहरूलाई मुख्य विषय बनाएका छन्। र्यापर... ...
![महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]](https://hamrakura.com/uploads/news/images/narayan-niraula-31-06.jpg)
महानवमीमा सिद्धिदात्री भगवतीको आराधना, नवरात्रको पाठ तथा कर्मकाण्ड [भिडियो]
नवौँ स्वरूप सिद्धिदात्री भगवतीको विशेष पूजाआराधना गर्ने वैदिक सनातन परम्परा रहेको छ। ...

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो
चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन ...
![तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/taleju-bhawani-83-7-3%20(11).jpg)
तलेजु भवानीको दर्शन गर्न श्रद्धालुको घुइँचो [तस्बिरहरू]
महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा दर्शन गर्ने श्रद्धालुको घुइँचो लागेको छ। ...


