Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाइयो

चितवन । जिल्ला निर्वाचन कार्यालयले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ । मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो । यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो । कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको हो । मृत्यु भएकाहरुको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो । नागरिकता परित्याग गर्नेहरुको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उहाँले बताउनुभयो । गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि १३ हजार १३४ जना मतदाता थपिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण : भिसा र कर विवादबिच सम्बन्ध सुधारको प्रयास
ताजा खबरJust now

अमेरिकी विदेशमन्त्री रुबियोको भारत भ्रमण : भिसा र कर विवादबिच सम्बन्ध सुधारको प्रयास

मुम्बई । भिसा प्रतिबन्ध र कर (ट्यारिफ) को चेतावनीका कारण उत्पन्न तनावका बिच अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत भ्रमणमा आउँदैछन्। उनले मंगलबार दिउँसो मुम्बईमा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने भएका... ...

रातोपाटी
पर्यटकको रोजाइ बन्दैछ गुल्मीको होमस्टे
ताजा खबरJust now

पर्यटकको रोजाइ बन्दैछ गुल्मीको होमस्टे

रमेश विश्वकर्मागुल्मी, कात्तिक ३ गते। गुल्मीको विभिन्न स्थानमा सञ्चालित होमस्टे पर्यटकको रोजाइ बन्दैगएको छ। यस जिल्लाको विभिन्न छ स्थानमा स्थानीय समुदाय मिलेर सञ्चालन गरेका होमस्टे... ...

गोरखापत्र
कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो
ताजा खबरJust now

कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो

नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ। सरकारले यस घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play