Tuesday, October 20, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो

कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कोलम्बियामा अवैध सुनखानी भत्किँदा १४ जनाको मृत्यु, तीन महिनामा २७ जनाको ज्यान गयो

नारिनो । कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी भत्किँदा कम्तीमा १४ जना खानी मजदुरको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। क्षेत्रीय अधिकारीहरूका अनुसार सोमबार राति खोजी तथा उद्धार कार्य समाप्त भएको छ। नारिनो प्रान्तीय सरकारले सान्ता बार्बरा डे इस्कुआन्डे सहरनजिकै दुर्घटना भएको जनाएको छ। सरकारले यस घटनाले अनौपचारिक रूपमा सञ्चालन गरिने खानीमा रहेका जोखिमलाई पुनः उजागर गरेको बताएको छ। तीन महिनाभन्दा कम अवधिमा प्रान्तमा दोस्रोपटक खानी भत्किँदा २७ जनाको मृत्यु भएको पनि सरकारले उल्लेख गरेको छ। घना वर्षावनले घेरिएको सान्ता बार्बरा डे इस्कुआन्डे पुग्न डुङ्गा वा साना विमानको सहारा लिनुपर्छ। दुर्गम अवस्थाका कारण उद्धार तथा सहायता टोलीलाई घटनास्थल पुग्न कठिन भएको छ। नारिनोका गभर्नर लुइस अल्फोन्सो एस्कोबारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै ‘यसबाट पूरै परिवार प्रभावित भएका छन्’ भने। कोलम्बियामा सरकारी अनुमति नलिई सञ्चालन गरिएका सयौँ साना खानी छन्। तीमध्ये केही सशस्त्र विद्रोही समूहको नियन्त्रणमा रहेका छन्। उक्त क्षेत्रमा सन् २०१६ को शान्ति सम्झौतामा सहभागी हुन अस्वीकार गरेका फार्कका पूर्वसदस्यको नेतृत्वमा रहेको ज्याकोबो एरेनास समूहसहित दुई विद्रोही समूह सक्रिय रहेको बताइएको छ। कोलम्बियाको लोकपाल कार्यालयले सशस्त्र समूहहरूलाई प्रभावित सहरमा मानवीय सहायता पुर्‍याउन अवरोध नगर्न आग्रह गरेको छ। लोकपाल कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत ‘हाम्रा सबै प्रयास जीवन बचाउन र यस आपत्कालीन अवस्थाको सामना गर्न केन्द्रित हुनुपर्छ’ भनेर उल्लेख गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
ताजा खबरJust now

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा। हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीय लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाई बिरिङ खोला नजिक दुई... ...

रातोपाटी
दसैँका बेला कालीमाटीमा कति छ यी तरकारी तथा फलफूलको मूल्य
ताजा खबरJust now

दसैँका बेला कालीमाटीमा कति छ यी तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सदाझैँ आज कात्तिक ३ गतेका लागि पनि तरकारी तथा फलफूलो थोक मूल्य तोकेको छ।  प्रमुख तरकारी तथा फलफूलको थोक मूल्य (प्रतिकेजी/वटा) यस्तो छ: गोलभेडा ठुलो (भारतीय): न्यूनतम रू ८० - अधिकतम रू ९० (औसत रू ८५) गोलभेडा सानो (लोकल): न्यूनतम रू ७० - अधिकतम रू ८५ (औसत रू ७७) आलू रातो (मुडे): न्यूनतम रू... ...

नेपालखबर
झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, एक जना घाइते
ताजा खबरJust now

झापामा हात्तीको आक्रमणबाट ७० वर्षीया वृद्धाको मृत्यु, एक जना घाइते

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाका अनुसार आजको प्रातःकालीन पदयात्रामा उनलाईई बिरिङ खोला नजिक दुई वटा हात्तीले आक्रमण गरेका थिए । गम्भीर घाइते उनलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल लैजाँदै बाटामा मृत्यु भएको हो । शव परीक्षणका लागि उक्त अस्पतालमा राखिएको छ । खातुनसँगै पदयात्रामा रहनुभएका ...

केन्द्रबिन्दु
दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
ताजा खबरJust now

दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । दसैँका बेला जुवातास खेलिरहेको अवस्थामा ललितपुर र चितवनबाट १७ जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँघु इमाडोलस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोमबार बेलुकी चार जना पक्राउ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play