नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षारोपण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न तटीय क्षेत्रमा पाँच हजार बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुर, दातृ निकाय र स्थानीयको जनश्रमदानमा बाढीले क्षति गरेको जग्गा संरक्षण गरेर वृक्षरोपण गरिएको हो । मछेली सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर महताले नदीको बगरमा विभिन्न प्रजातिका छ हजार बोट बिरुवा वृक्षरोपण गरेको बताए। उनका अनुसार डिभिजन वन कार्यालय कञ्चनपुरको एक लाख, जनहित महाकाली वन उपभोक्ता समितिबाट दुई लाख, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घबाट दुई लाख पच्चिस हजार र समुदायको जनश्रमदान ४३ हजार सहयोगमा करिब १० बिघा क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । ‘डिभिजन वन कार्यालय र सामुदायिक वनको सहयोगमा वृक्षरोपण गरेर संरक्षण गरेका छौँ’, अध्यक्ष महताले भने, ‘संरक्षण गरिएको नदी बगरको घाँस बिक्री गर्छौं त्यसकै आम्दानीबाट बोट बिरुवाको संरक्षणमा खर्च हुन्छ ।’ उनका अनुसार एक भारी घाँसको १० मा बिक्री गर्ने गरिएको छ । त्यसैगरी अठन्नीफाँटाका किसानले पनि बन्द नदीको कटान रोक्न बन्दा नदी बगरमा दुई हजार बोटबिरुवा वृक्षरोपण गरेका छन । विसं २०४६ मा आएको बाढीले यहाँका चार घर विस्थापित भएका थिए । त्यसयता पनि नदीले हरेक वर्ष खेतीयोग्य जमिन कटान गरेपछि यहाँबाट धेरै मानिसहरू विस्थापित भएको यहाँका स्थानीय गणेशबहादुर बोहराले बताए । उनका अनुसार वडा कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ समुदायको जनश्रमदान गरी छ लाख ५३ हजारमा दुई हजार बोट बिरुवा वृक्षरोपण र संरक्षणका लागि तारबार गरिएको छ । स्थानीयहरुले जनश्रमदानमै नदीमा जैविक तटबन्ध समेत निर्माण गरेका छन् । वृक्षरोपणले बस्ती सुरक्षित भएको यहाँका स्थानीय कलावती महराले बताइन्। उनका अनुसार नदी बगरमा बाँस, आँप र लिची गरेर विभिन्न प्रकारका छ हजार बोट वृक्षरोपण गरिएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

रैथाने बाली फापर भित्र्याइदै
मुस्ताङ। हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ। असारमा खेतबारीमा छरेको फापर बाली असोज-कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन्। हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँको वर्षौदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो। समुन्द्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको अग्लो उचाइको खेती योग्य जमिनमा फापर खेती गर्ने गरिएको छ। हिमाली जिल्ला मुस्ताङमा ...

दमाम विमानस्थलमा भएको आक्रमणमा घाइते ८ जनामध्ये एक नेपाली
बुधबार राति साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा घाइते भएका ८ जनामध्ये एक नेपाली भएको त्यहाँको नागरिक उड्डयन प्राधिकरण (जीएसीए) ले जनाएको छ। यद्यपि नाम-ठेगाना खुलाइएको छैन। घटनामा एक भारतीय र एक साउदी नागरिक मारिएका छन्। प्राधिकरणका अनुसार घाइते नेपालीसहित आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म छ। ... ...

नोबेलपछि पुलित्जर पुरस्कार नपाएको भन्दै ट्रम्प असन्तुष्ट
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबेल पुरस्कारपछि लेखनका लागि पुलित्जर पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले एक सभामा उनले रुससँग सम्बन्धित अनुसन्धानात्मक समाचारका लागि पुलित्जर पुरस्कार पाएका पत्रकारहरूको आलोचना गर्दै उनीहरूले गलत समाचार लेखेको आरोप लगाए । ट्रम्पले विभिन्न युद्ध रोक्न आफूले भूमिका खेलेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार नपाएको विषयमा पनि असन्तुष्टि दोहोराएका थिए । उनले अहिलेसम्म १९ ...

स्वदेशी निर्माणको वातावरणीय मूल्य
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत असोज ३० गते मन्त्रिपरिषद्ले ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवर्द्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेको जानकारी दिए। निर्देशिकाअनुसार प्राविधिक रूपमा उपयुक्त भएमा आयातित बिटुमिनमा आधारित कालोपत्रे सडकको विकल्पमा स्वदेशी सिमेन्टबाट बन्ने कङ्क्रिट सडक, स्थानीय ढुङ्गा र अन्य स्वदेशी निर्माण प्रविधि अपनाउनुपर्नेछ। केही सञ्चारमाध्यमले ‘अब बिटुमिन र अस्फाल्टका सडक बनाउनै नपाइने’ भन्ने शीर्षक दिए पनि उपलब्ध ...


