धानखेत बगरमा परिणत

रसुवा।नुवाकोटको उत्तरगया गाउँपालिका–४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली नदी किनारमा रहेका उपल्लो पैरेबेंसी, तल्लो पैरेबेंसी, खाल्टे, नौबिसे, कैदलेटार र बेत्रावतीलगायतका अति उर्वर खेतीयोग्य फाँटहरू बाढीसँगै आएको बालुवा र ढुङ्गाले ढाकिएका छन्। वर्षभरि खाने धान पाक्ने बेला हुन लागेका फाँटहरू एकाएक बगर बनेपछि स्थानीय बासिन्दाको खाद्य सुरक्षा र जीविकोपार्जनमा गम्भीर संकट उत्पन्न भएको छ। उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार बाढीले गाउँपालिकाभित्रका ठूलो परिमाणको खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। अध्यक्ष अर्यालले भने, “भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले गाउँपालिकाका मुख्य धान उत्पादन हुने फाँट बाढीले पुरिदियो।” वर्षभरि खाने अन्न फल्ने जमिन बगर बनेपछि किसानहरू ठूलो संकटमा परेका छन्। गाउँपालिकाले क्षतिको पूर्ण विवरण संकलन गरिरहेको छ। पालिकाले पीडित किसानलाई तत्काल राहत प्रदान गर्न र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि प्रदेश र संघीय सरकारसँग आवश्यक समन्वय गरिरहेको छ। बाढीका कारण रसुवा जिल्लामा मात्रै अनुमानित एक हजार ८०६ हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेको अनुमान छ। धान थन्क्याउने मुख्य सिजनमा खेतीयोग्य जमिन नै सखाप भएपछि पीडित किसान चिन्तित छन्।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

सहायक रथी खत्री उपरथी दर्जामा बढुवा
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पूर्णबहादुर खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानी दर्जामा पदोन्नति... ...

विश्वका उत्कृष्ट पाँच एयरलाइन्सको प्रिमियम इकोनोमी क्लासमा के-के छन् सुविधा ?
काठमाडौँ । हवाई यातायातसम्बन्धी अनुसन्धान तथा मूल्याङ्कन गर्ने संस्था 'स्काईट्र्याक्स'ले सन् २०२६ का लागि प्रिमियम इकोनोमी सेवामा उत्कृष्ट ठहर गरेका पाँच एयरलाइन्सको सूची सार्वजनिक गरेको छ । तिनले यात्रुलाई के–कस्ता... ...

चाडपर्व नजिकिँदै जाँदा माटो र बाँसको सामग्रीको माग बढ्यो
सप्तरी । राजविराज बजारमा माटो र बाँसले बनाएको सामग्रीको भाँडाकुँडा तथा अन्य सामग्रीको व्यपार बढेको छ । तिहार, छठजस्ता चाडपर्व नजिकिँदै जाँदा यहाँ भक्तजनहरूले अनिवार्य उक्त प्रकारका सामग्री खोजीखोजी खरिद गर्ने भएका कारण माग बढेको हो । तिहारमा प्रयोग गरिने माटोको दियो, कलश, घैला तथा छठपर्वमा प्रयोग गरिने बाँसको कोनिया, नाङ्लो, ढाकीलगायतका सामग्रीको माग दसैँपछि बढेको स्थानीय व्यापारी बुचनीदेवी साहले जानकारी दिए ...

कालीगण्डकीको बाढी: विपद् कि मानवीय लापरबाही ?
• असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढी र पहिरोले म्याग्दी, पर्वत, बागलुङ र मुस्ताङका बस्ती, सडक, पुल, र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्यायो, जसका कारण सात जनाको मृत्यु र सयौँ परिवार विस्थापित भए। • भू–तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुखले अत्यधिक वर्षासँगै मानवीय हस्तक्षेप र अव्यवस्थित पूर्वाधार निर्माणले बाढी र पहिरोको जोखिम बढाएको बताएका छन्। • बाढीले कालीगण्डकी ...


