Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह

धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

धान भित्र्याउने बेला वर्षा र हिमपातको जोखिम, किसानलाई सतर्क रहन आग्रह

horizontal HD

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण आगामी कात्तिक ११ देखि १५ गतेसम्म नेपालका विभिन्न भूभागमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रणालीको प्रभाव बुधबारदेखि देखिन थाल्ने र बिहीबारदेखि थप बढ्ने अनुमान गरिएको छ । विभागका मौसमविद् हरिप्रसाद दाहालका अनुसार बुधबारदेखि नै देशका विभिन्न स्थानमा बादल लाग्ने र केही ठाउँमा छिटपुट वर्षा हुने सम्भावना छ । उच्च हिमाली भेगका केही स्थानमा हिमपातसमेत हुन सक्ने उनले बताए । बिहीबार दिउँसोदेखि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना बढ्नेछ । बिहीबार रातिदेखि शुक्रबार र शनिबार दिउँसोसम्म प्रणालीको प्रभाव बढी देखिने मौसमविद् दाहालले जानकारी दिए । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा वर्षाको प्रभाव पर्ने अनुमान छ । पश्चिमी भूभागमा भने तुलनात्मक रूपमा कम असर पर्ने सम्भावना रहेको छ । प्रणालीको दिशा र तीव्रतामा हुने परिवर्तनअनुसार नेपालमा पर्ने प्रभावसमेत फरक हुन सक्ने मौसमविद्हरूले बताएका छन । केही स्थानमा भारी वर्षा हुन सक्ने र उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । विशेषगरी धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमाल आसपासका क्षेत्रमा हिमपातको प्रभाव बढी पर्न सक्ने अनुमान गरिएको छ । वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात प्रभावित हुन सक्ने जोखिमसमेत रहेकाले यात्रामा निस्कँदा सावधानी अपनाउनुपर्ने मौसमविद्को सुझाव छ । धान काट्ने र भित्राउने समय भएकाले किसानलाई पनि सतर्क रहन आग्रह गरिएको छ । सम्भव भएसम्म कात्तिक ११ देखि १५ गतेसम्मको प्रतिकूल मौसम सुरु हुनुअघिनै पाकेको धान तथा अन्य बाली काटेर सुरक्षित स्थानमा भण्डारण गर्न मौसमविद् दाहालले सुझाव दिएका छन । त्यस्तै, उच्च हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा र भ्रमणको योजना बनाएकाहरूलाई मौसमको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरिएको छ । यस अवधिमा हिमाली क्षेत्रमा जाने पदयात्री तथा पर्यटकले विशेष सावधानी अपनाउनुपर्ने र यात्रा गरिरहेका व्यक्तिले मौसम प्रतिकूल भए सुरक्षित स्थानमा बस्नुपर्ने दाहालले बताएका छन । पहिरो र वर्षाको जोखिमलाई ध्यानमा राख्दै पहाडी राजमार्ग तथा सडकमा लामो दूरीको यात्रा गर्दा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । विशेषगरी पृथ्वी राजमार्ग र बीपी राजमार्ग हुँदै यात्रा गर्नेहरूले मौसमको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा योजना बनाउनुपर्ने सुझाव दिइएको छ ।नेपालबाट अक्टोबर १४ मा मनसुन पूर्ण रूपमा बाहिरिएको थियो । त्यसपछि मौसम सामान्यतया सफा रहे पनि बंगालको खाडीमा विकसित भइरहेको प्रणालीका कारण पुन वर्षा र हिमपातको सम्भावना देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले मौसमसम्बन्धी पछिल्लो बुलेटिन तथा सूचनालाई नियमित रूपमा हेर्न र सोहीअनुसार कृषि कार्य, यात्रा तथा भ्रमणको योजना बनाउन आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल
ताजा खबरJust now

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौंः महामन्त्री पौडेल

• नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा व्यापक एकता कायम भएको र बाँकी सदस्यलाई पनि एकताबद्ध गर्न तयार रहेको बताएका छन्। • उनले कांग्रेसलाई जनतामाझ रुपान्तरणको अनुभूति दिलाउने र सहमति-सहकार्य गर्दै देशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। • पौडेलले वर्तमान सरकार पाँच वर्षसम्म चल्नुपर्ने र कांग्रेसले सरकारको गलत काममा निरन्तर खबरदारी गर्ने स्पष्ट पारेका छन्। ...

नेपालबहस
सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा
ताजा खबरJust now

सामसङ ग्यालेक्सी ए–१७ फाइभ जी अब १२ सय रुपैयाँकै किस्ताबन्दीमा

काठमाडौँ । सामसङ मोबाइल नेपालले आसन्न चाडपर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए १७ फाइभ जी’ खरिद गर्न चाहने ग्राहकहरूलाई... ...

रातोपाटी
कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल
ताजा खबरJust now

कांग्रेसभित्र एकताको प्रयास जारी छ, तर एउटै विषयमा अल्झिएर बस्दैनौँ: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन्। नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउ... ...

नेपालखबर
फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते
ताजा खबरJust now

फ्रान्समा एक हजार ३१४ जना प्रदर्शनकारी पक्राउ, ५३ जना प्रहरी घाइते

काठमाडौं । फ्रान्समा भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले एक हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले आइतबार बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेर मानिसलाई पक्राउ गरिएको हो । यो फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो अशान्ति हो । देशमा आगामी ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play