Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

धान काट्न व्यस्त छन् इलामका किसान

Share:WhatsAppFacebookX (Twitter)Telegram
धान काट्न व्यस्त छन् इलामका किसान
Photo / Coverage: नेपालन्युज

इलाम । इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् । यस वर्ष समयमा वर्षा भएकाले धान उत्पादन राम्रो हुनुका साथै भित्र्याउने समयमा मौसमले साथ दिएपछि स्थानीय किसान उत्साहका साथ खेतमा खटिएका छन् । मौसमले साथ दिएपछि धान काट्न सुरु गरिएको माङसेबुङ गाउँपालिका–३ रतुवाबेँसीका किसान देउकुमार इधिङ्गोले बताए। स्थानीय किसान धान काट्न, सुकाउन, बिटा उठाउने तथा धान थन्क्याउने काममा व्यस्त भएको उनले बताए। उनले यस वर्ष ४० रोपनीमा धानखेती गरेका छन्। धान पाक्न नपाउँदै चरा–मुसाले खाने भएकाले धान काट्न र थन्क्याउन ढिलाइ गर्न नहुने इधिङ्गोको भनाइ छ । स्थानीय किसान हस्तबहादुर पोख्रेलका अनुसार तिहारपछि लगातार घाम लागेपछि धान काट्न स्थानीय किसान व्यस्त भएका छन् । टारी तथा फाँटमा लगाइएका धान पाकेर पहेँलपुर भएपछि किसानलाई यतिबेला धान काट्न र थन्क्याउन भ्याइनभ्याइ छ । जिल्लाको माङसेबङ, चुलाचुली, माई, रोङ गाउँपालिकाका तल्लो क्षेत्रमा लगाइएका धान काट्न थालिएको हो । त्यस क्षेत्रमा धान पाकेर फाँट पहेँलपुर भएका छन् । इलामका किसानलाई कात्तिक अन्तिम सातादेखि मङ्सिरसम्म धान काट्न र थन्क्याउन चटारो हुन्छ । यहाँ अझै पनि परम्परागत तरिकाले धान काट्ने र झार्ने चलन छ । वर्षभरिको खाना जुटाउने मुख्य बाली भएकाले परिवारका सबै सदस्य धान थान्क्याउने काममा खटिएका अर्का किसान दिलकुमार लावतीले बताए । “हामीले वर्षभरि खाने मुख्य अन्नबाली धान नै हो । त्यसैले यतिबेला धान थन्क्याउन हामी लागिपरेका छौँ”, उनले भने, “धान थान्क्याएर पुनः अर्को बाली लगाइन्छ ।” यहाँका किसानले खेतको धान भित्र्याएपछि तोरी, फापर, आलु, गहुँ, मकै तथा तरकारीलगायतका खेती लगाउने गर्छन् । इलाममा ११ हजार ६२ दशमलव ६४ हेक्टरमा धानखेती हुँदै आएको छ । मुख्य रूपमा इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा व्यावसायिक रूपमा धानखेती हुँदै आएको छ । अन्य पालिका माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका एवं देउमाई, इलाम र सूर्योदय नगरपालिकाको तल्लो क्षेत्रमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र इलामले जनाएको छ । इलामका किसान उन्नत जातको सावित्री, रञ्जितका साथै रैथाने चिराखे, भँगेरे, चुल्ठे, मन्सुली, रामधानलगायत जातका धानखेती गर्ने गरेका छन् । समयमै रोपाइँ सकिएकाले विगतका वर्षभन्दा यस वर्ष धान बढी उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र इलामका सूचना अधिकारी प्रदीप लुइँटेलले जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन
Latest NewsJust now

कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अर्घ्य दिई चारदिने छठ समापन

काठमाडौँ, कात्तिक ३० गते । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल... ...

गोरखापत्र
चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ
Latest NewsJust now

चित्लाङबाट ६ किलो चरेससहित २ जना पक्राउ

मकवानपुर । मकवानपुरको चित्लाङबाट लागुऔषध चरेससहित २ जना पक्राउ परेका छन् । थाहा नगरपालिका–९ स्थित चित्लाङ चेक प्वाइन्टबाट प्रहरीले ६ किलो चरेससहित जिपमा सवार २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो... ...

रातोपाटी
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
Latest NewsJust now

पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो । पर्यटकको चाप बढेसँगै यहाँका होटल तथा घरबास भरिभराउ भएका छन् । पर्यटकको आगमन बढेपछि बन्दीपुर बजारमा चहलपहल निकै बढेको छ । होटलमा कोठा पाउन मुस्किल हुन थालेको छ भने बास बस्ने ठाउँ नपाएर ...

नेपालन्युज
चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा
Latest NewsJust now

चिनियाँ जासुस भनिएकी एलिस २०२५ मै पद छाडेको खुलासा

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख जेन्सेन हुआङसँग जोडिएकी चीनकी सम्भावित जासुस एलिस हुआङले सन् २०२५ अगस्टमै सिंगापुरस्थित मेगास्पिड कम्पनीको कार्यकारी पद छाडेको कम्पनीले जनाएको छ । एनभिडियाका उच्च क्षमताका कृत्रिम बौद्धिकता चिप चीनसम्म पुर्‍याउन मेगास्पिडले सहयोग गरेको आशङ्कापछि कम्पनी विवादमा परेको हो । दक्षिणपूर्वी एसियामा एनभिडियाका चिपको सबैभन्दा ठूलो खरिदकर्ता रहेको मेगास्पिडले आइतबार आफ्नो व्यावसायिक गतिविधि र आपूर्ति प्रणालीबारे ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play